Madhes Khabar
राजनीति

प्रचण्ड सरकारलाई समर्थन नगर्ने जनमत पार्टीको निर्णय

फाइल फाेटाे

काठमाडौं,२९फाल्गुनः डाक्टर सिके राउत नेतृत्वको जनमत पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन नगर्ने भएको छ ।जनमत पार्टीको गत बुधबार बसेको बैठकको निर्णयबारे मंगलबार विज्ञप्ति जारी गर्दै जनमतले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन नगर्ने जनाएको हो।

जनमत पार्टीको विज्ञप्तिमा भनिएको छ,‘नयाँ गठबन्धन बनेको सम्बन्धमा तत्कालै सो गठबन्धमा सहभागी नहुने र सरकारलाई पनि समर्थन नदिने पार्टीको निर्णय छ ।’

यस्तै जनमत पार्टीले ईलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नंबर २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ (१) को उपनिर्वाचनमा उम्मेदवार उठाउने जनाएको छ ।

जनमतले सप्तरीमा २०८० माघ ८ गते भएको घटनाको छानबिन गर्न बनेको समितिले दिएको प्रतिवेदन ऊपर छलफल गरी निर्देशित प्रक्रिया अगाडि बढाउने निर्णय पनि भएको विज्ञप्तिमा छ ।

Related posts

सरकार भ्रष्ट भयो ,जनता जुनसुकै बेला विद्रोहमा उत्रन सक्छन् : उपेन्द्र यादव

MadhesKhabar

नागरिकता विधेयक प्रमाणिकरणको विरोधमा अनेरास्ववियूको प्रदर्शन, १६ जना पक्राउ

MadhesKhabar

सिके राउतले पार्टी कब्जा गर्न खाेजेकाे भन्दै जनमत पार्टीका केन्द्रीय नेताहरुले छाडे पार्टी

MadhesKhabar

Leave a Comment