Madhes Khabar
राजनीति

प्रेस सेन्टर बाराकाे अध्यक्षमा यादव सर्वसम्मत चयन

बारा,२९पुस: प्रेस सेन्टर नेपाल बाराको अध्यक्षमा रनणजन यादव सर्वसम्मत चयन भएका छन्।बाराकाे सिमरामा साेमबार सम्पन्न सेन्टरकाे पाचौं जिल्ला अधिवेशनबाट अध्यक्षमा यादव सर्वसम्मत चयन भएका हुन्।

यस्तै उपाध्यक्षमा प्रदीप गौतम र प्रियंका सर्राफ, सचिवमा अखिलेश यादव, सहसचिवमा काजल कार्की र विशाल सर्राफ र कोषाध्यक्षमा शर्मालाल बैठापनि सर्वसम्मत चयन भएका छन् । सदस्यमा पप्पु साह, विकास गुरुङ, महेन्द्र सहनी, राजेश चौधरी, विजेन्द्र चौधरी, प्रलाद चौरसिया र लालबाबु कुशवाहालाई चयन भएका छन्।

अधिवेशनको उद्घाटन समारोहमा जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल, प्रेस सेन्टर नेपालका उपाध्यक्ष गोविन्द देवकोटा, केन्द्रीय सदस्य एवं बारा ईन्चार्ज कृष्णउदास खनाल, गम्भीरा सहनी, नेकपा माओवादीका नेता क्षेत्रबहादुर श्रेष्ठलगायतकाे पनि उपस्थिित थियाे ।

Related posts

गौर हत्या काण्डको छानबिन रोकिदैन : गृहमन्त्री श्रेष्ठ

MadhesKhabar

पर्साकाे ग्रामीण भेगमा पेट्रोलमा कालाेबजारी,भाेट कट्ने डरले जनप्रतिनिधिले गर्दैनन् अनुगमन

MadhesKhabar

ठाकुरराम क्याम्पसको स्ववियु निर्वाचन तीन दिन पछि सरयो , छानबिन गर्दा मतदाता पनि ५ सय घटे

MadhesKhabar

Leave a Comment