Madhes Khabar
स्थानिय

वीरगन्जमा महिलामाथि चक्कु प्रहार

वीरगन्ज,२६कात्तिक:वीरगन्जमा एक महिलालाई चक्कु प्रहार गरी घाइते बनाइएको छ।घाइते हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १ चित्रगुप्त टाेलका अजय कुमार कर्णकी पत्नि ४२ वर्षीया नुतन कुमारी कर्ण रहेकी छन्।

नुतनलाई राैतहटकाे गाैर नगरपालिका-५ स्थायी घर भइ हाल वीरगन्ज-१ चित्रगुप्त टाेलमै डेरा लिएर बस्ने २५ वर्षीया खुशी कुमारी बर्णवालले चक्कु प्रहार गरेकी हुन्।

 

चक्कु प्रहारबाट घाइते भएकी नुतनको नारायणी अस्पतालमा उपचार भइरहेको छ।उनकाे अवस्था खतरामुक्त रहेकाे वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक बिक्रम सुबेदीले जानकारी दिए।

चक्कु प्रहार गर्ने खुशीलाई प्रहरीले नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय वीर्ताकाे हिरासतमा राखेको प्रहरी निरीक्षक सुवेदीले बताए ।

 

सुवेदीका अनुसार, बुधबार दिउँसो २ बजेतिर दुवै जनाबीच झगडा भइरहेका बेला आवेशमा आएर खुशीले तरकारी काट्ने चक्कुले नुतनमाथि प्रहार गरेकी थिइन् ।यसबारेमा अनुसन्धान भइरहेको उनले बताए ।

Related posts

नागरिकता लिन पर्सामा सेवाग्राहीको भिड, पहिलोदिन लिए १२१ जनाले नागरिकता

MadhesKhabar

जितपुरबाट ३० क्वीन्टल प्याजसहितको गाडी प्रहरी नियन्त्रणमा

MadhesKhabar

नबिल बैंक चोरी प्रकरणको यथार्थ विवरण सार्वजनिक गर्न प्रहरीले किन गर्दैछ आलटाल ?

MadhesKhabar

Leave a Comment