Madhes Khabar
स्थानिय

जितपुरबाट ३० क्वीन्टल प्याजसहितको गाडी प्रहरी नियन्त्रणमा

बारा,८पुष : बाराको जीतपुरबाट प्रहरीले भारतबाट तस्करी गरी ल्याइएको करिब ३० क्वीन्टल प्याज सहित एउटा पिकअप गाडी नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नबर ७ जीतपुरबाट प्याजसहितको गाडी नियन्त्रणमा लिएको हो ।शनिबार वीरगन्जबाट चितवन जादैं गरेको प्र.२–०३–००१ च ६२०३ नम्बरको पिकअप गाडीलाई जितपुरमा प्रहरीले रोकेर चेकजाँच गरेको थियो ।

त्यसक्रममा उक्त गाडीमा विलविजक नभएको १ लाख ८१ हजार रूपैयाँ बराबरको ६० बोरा अर्थात ३० क्वीन्टल प्याज बरामद भएपछि प्याजसहितको उक्त पिकअप गाडी नियन्त्रणमा लिईएको बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानले बताए ।बरामद प्याजका बारेमा आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको उनले बताए ।

 

Related posts

विपदका बेला वीरगन्जमा अराजक गतिविधी : खानेपानी संस्थानलाई बदनाम गराउन पानीको कृत्रिम अभाव

MadhesKhabar

पर्सामा जिल्लामा १५ हजार ४५ नयाँ मतदाता थपिए

MadhesKhabar

सखुवाप्रसाैनीमा एमाले अध्यक्ष ओलीलाई ५२ किलाेकाे मालाले गरियाे स्वागत

MadhesKhabar

Leave a Comment