वीरगन्ज,१०मंसिरःपर्सा जिल्लामा १५ हजार ४५ जना नयाँ मतदाता थपिएका छन् । फागुन २१ गतेका लागि हुने भनिएको प्रतिनिधि सभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय पर्साले गरेको मतदाता अद्यावधिकमा पर्सामा १५ हजार ४५ जना नयाँ मतदाता थपिएको कार्यालय प्रमुख अनामिका रौनियारले जानकारी दिइन् ।
फागुन २१ को निर्वाचनका लागि गरिएको असोज १० देखि मंसिर ५ गतेसम्म गरिएको मतदाता अद्यावधिकमा पर्सामा पुरुष ८ हजार २४२ जना र महिला ६ हजार ८०३ जना गरि कूल १५ हजार ४५ जना नयाँ मतदाता थपिएको उनले बताइन् ।नयाँ थपिएका मतदातामध्ये जिल्ला निर्वाचन कार्यालय पर्सामै आएर मतदाता नामावली दर्ता गएका १४ हजार ३१८ जना र जिल्ला बाहिरबाट दर्ता गराएका ७ सय २७ जना रहेको रौनियारले जानकारी दिइन् ।
नयाँ मतदाता थपिएसंगै अब पर्सामा कूल मतदाताको संख्या ३ लाख ५२ हजार ४८४ पुगेको उनले बताइन् । तीमध्ये पुरुष मतदाताको संख्या १ लाख ९८ हजार ८०८ , महिला मतदाताको संख्या १ लाख ५३ हजार ६६१ र फरक लिंगका मतदाताको संख्या १५ रहेको उनले जानकारी दिइन् ।

