वीरगन्ज,२८असारःवीरगन्जमा चापाकल सुकेर खानेपानीको चरम संकट बढ्दै गएका बेला केहि अराजक तत्वहरुले खानेपानी संस्थानको पाइप फुटाइ दिने, भल्ब बन्द गरिदिने र पाइपमा सिधै मोटर जोड्ने जस्ता उच्छृंखल गतिविधी गरिरहेको पाइएको छ ।
अहिले वीरगन्जसहित पर्साका विभिन्न पालिकामा चापाकलहरु सुकेर पानीको चरम संकटले जनजिवन नै अस्तव्यस्त बनेको छ । यस विपदको घडीमा वीरगन्जस्थित खानेपानी संस्थानले आफ्नो पाइपलाइनमार्फत दैनिक ८० लाख लिटर पानी वितरण गर्दै आइरहेको छ । यस्तै संघीय खानेपानी मन्त्री प्रदीप यादव र वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंहको अग्रसरमा २ सय भन्दा बढी डीप बोरिङ जडान गरेर टोल टोलमा पानीको आप्र्ति सहज बनााउने प्रयास भइरहेको छ ।
तर त्यसलेपनि पानीको समस्या पूर्ण रुपमा समाधान नहुदाँ महानगरपालिकाले आफ्नो वारुण यन्त्र र पानीट्याङ्कीममा पानी ओसारेर टोलटोलमा पानी वितरण गरिरहेको छ ।
यस्तो विपदका बेलापनि वीरगन्जमा केहि अराजक तत्वहरुले खानेपाानीको पाइपलाइन विस्तार गरिएका स्थानमा रातिको समयमा भल्ब नै बन्द गरि दिने, पाइप फुटाइ दिने र पाइपमा सिधै मोटर जोडेर घरमा पानी लग्ने कार्य गरेका कारण त्यसले जनतालाई थप मर्का परेको हो ।
यसबारे गुनासो पुगेपछि खानेपानी मन्त्री प्रदीप यादवले त्यस्ता अराजक र उच्छृंखल प्रवृतिका मान्छे बारे खानेपानी संस्थानमा खबर गरेर सहयाोग गरिदिन आग्रह गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट लेख्दै मन्त्री यादवले खानेपाानी संस्थानलाई बदनाम गराउने र जनतालाई थप पीडा दिने कार्यमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने चेतावनीपनि दिएका छन् ।
घरघरमा सहज तरिकाले पानी पु–याउने क्रममा हाल कैयौं ठाउँमा जडÞित भल्वहरु पुरै खोलिएकोमा खानेपानी संस्थानबाट अनुगमन गर्दा स्पर्स हस्पिटल र शुभलाभ पेट्रोल पम्पको पछाडिको गल्लीमा खानेपानी संस्थानको पाइपको भल्ब बन्द गरिदिएको ,खानेपानी संस्थानको पाईपमा अनधिकृत रुपमा मोटर जडान गरिएको तथा ठाउँ ठाउँमा पाईपहरु फुटाईएको पाईएको मन्त्री यादवले बताएका छन्। यस्ता उच्छृंखल कार्यले खानेपानीको कृत्रिम अभाव सृजना गर्ने कुनियत प्रष्ट रहेको भन्दै उनले अहोरात्र नगरवासीको सेवामा समर्पित नेपाल खानेपानी संस्थानलाई बदनाम गराउने प्रपञ्च रचिएको बताएका छन् ।
मन्त्री यादवले सामाजिक सञ्जालमा खानेपानी मन्त्रालय र वीरगन्ज महानगरपालिकालाई बदनाम गराउन निरन्तर भ्रामक पोष्टहरु राख्दै आएका केहि अमुक दलका नेता कार्यकर्ताले नै खानेपानी संस्थानलाई बदनाम गराउन लागि परेको टिप्पणी गरेका छन् ।उनले भनेका छन्,‘जस्को प्रदेशमा आफ्नै सरकार छ तर त्यहाँ चुइकक बोल्न सकेका छैन । हामी जनतालाई राहत दिन रातदिन नभनेर लागि रहेका छौं । त्यसकै डाहमा ती अमुक दलका नेताकार्यकर्ताहरु खानेपानी संस्थनलाई बदनाम गराउन लागि परेका छौं ।उनिहरुलाई जनतालेपनि चिनिसकेका छन् ।’
मन्त्री यादवले भनेका छन्,‘ सबै नगरवासीसंग सादर अपिल गर्दछौ ,यस्ता गलत काम भैरहेको स्थान र संलग्न व्यक्ति बारे तत्काल नेपाल खानेपानी संस्थानलाई सूचना गरौ। तपाईको सूचनाले हामी सबैको साझा उद्देश्यलाई सघाउछ ।’

