Madhes Khabar
समाज हेडलाइन

वीरगन्जमा हिन्दु परिषदको कार्यक्रममा ८६ जनाद्वारा रगत दान

मधेसखबर
वीरगन्ज, २८ माघ : वीरगन्जमा शनिबार हिन्दु परिषद नेपालको आयोजनामा रक्तदान काार्यक्रम सम्पन्न भएको छ ।वीरगन्जको घण्टाघर चोकमा परिषद वीरगन्ज महानगर कमिटीले आयोजना गरेको रक्तदान कार्यक्रममा १ महिला सहित ८६ जनाले रगत दान गरेका छन् ।

रगत दान गर्नेहरुमा श्रुति कुमारी , सन्तोषनान्द महाराज, मुन्ना श्रीवास्तव , आशीष पटेल, धिरेन्द्र तिवारी, सन्जय पटेल , रामनरेश प्रसाद यादव, दिपक साह कानु , कृष्ण साह , दिनेश पटेल , उमेश कुशवाहा, हेमन्त श्रेष्ठ लगायतका रहेको रक्त सन्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

हिन्दु परिषद नेपालका वीरगन्ज अध्यक्ष प्रमोद सिंहको अध्यक्षता एंव हन्दिु परिषद नेपालका केन्द्रिय अध्यक्ष सन्तोषान्द महाराजको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा कार्यक्रम संयोजक ओसन गुप्ता, उमेश गुप्ता लगायतको पनि सहभागिता थियो ।

Related posts

सामाजिक अभियन्ताको पहलमा दलित बालिकालाई ह्वील चेयर सहयोग

MadhesKhabar

नगवामा साढे ४ करोडको लागतमा बन्दै खानेपानी ओभरहेड ट्यांकी,मन्त्री यादवले गरे शिलान्यास

MadhesKhabar

वीरगन्ज उद्योग वाणिज्य संघकाे अध्यक्षमा पटवारी निर्विराेध निर्वाचित

MadhesKhabar

Leave a Comment