Madhes Khabar
समाज

सामाजिक अभियन्ताको पहलमा दलित बालिकालाई ह्वील चेयर सहयोग

मधेसखबर
वीरगन्ज,१९ मंसिर : पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ झखरा गाँउकी अपाङगता भएकी एक दलित बालिकालाई सामाजिक अभियन्ताको पहलमा ह्वील चेयर सहयोग गरिएको छ ।वीरगन्जका सामाजिक अभियन्ता बृजेश्वर प्रसाद चौधरीको पहलमा वीरगन्जको दृष्टि आँखा अस्पताल एण्ड रेटिना सेन्टरले ती बालिकालाई ह्वील चेयर प्रदान गरेको हो ।

सोमबार बिहान झखरा स्थित ती बालिकाको घरमै पुगेर सामाजिक अभियन्ता चौधरीले बालिकालाई ह्वील चेयर हस्तान्तरण गरेका हुन् । चौधरीले आफनो तर्फबाट ती बालिकालाई एक थान ज्याकेट र एक थान पाइन्ट तथा विपिन गुप्ताले एक थान ज्याकेट , एक थान पाइन्ट र विनिता गुप्ताले पनि एक थान स्कूल ब्याग र शैक्षिक सामाग्री सहयोग गरेका छन् ।

त्यसअवसरमा संचारकर्मी दिनेश मिश्रा,कन्हैया पटेल,जयप्रकाश महतो केवट, सुरेन्द्र यादव,राज कुमार सार्राफ ,जवाहिर साह सार्राफ लगायतको पनि उपस्थिति रहेको थियो।

Related posts

भारतीय आर्केष्टाबाट उद्धार गरिएका ९ जना चेलीलाइ नेपाल फिर्ता ल्याइयो

MadhesKhabar

वीरगन्ज १० का जनताले अब ब्लड बैंकबाट निशुल्क रगत पाउने

MadhesKhabar

निजामती सेवा दिवसको उपलक्ष्यमा वीरगन्जमा वृक्षारोपण

MadhesKhabar

Leave a Comment