Madhes Khabar
समाज

सामाजिक अभियन्ताको पहलमा दलित बालिकालाई ह्वील चेयर सहयोग

मधेसखबर
वीरगन्ज,१९ मंसिर : पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ झखरा गाँउकी अपाङगता भएकी एक दलित बालिकालाई सामाजिक अभियन्ताको पहलमा ह्वील चेयर सहयोग गरिएको छ ।वीरगन्जका सामाजिक अभियन्ता बृजेश्वर प्रसाद चौधरीको पहलमा वीरगन्जको दृष्टि आँखा अस्पताल एण्ड रेटिना सेन्टरले ती बालिकालाई ह्वील चेयर प्रदान गरेको हो ।

सोमबार बिहान झखरा स्थित ती बालिकाको घरमै पुगेर सामाजिक अभियन्ता चौधरीले बालिकालाई ह्वील चेयर हस्तान्तरण गरेका हुन् । चौधरीले आफनो तर्फबाट ती बालिकालाई एक थान ज्याकेट र एक थान पाइन्ट तथा विपिन गुप्ताले एक थान ज्याकेट , एक थान पाइन्ट र विनिता गुप्ताले पनि एक थान स्कूल ब्याग र शैक्षिक सामाग्री सहयोग गरेका छन् ।

त्यसअवसरमा संचारकर्मी दिनेश मिश्रा,कन्हैया पटेल,जयप्रकाश महतो केवट, सुरेन्द्र यादव,राज कुमार सार्राफ ,जवाहिर साह सार्राफ लगायतको पनि उपस्थिति रहेको थियो।

Related posts

वीरगन्जको रानीघटमा दुर्गा पूजा समितिले आयोजना गरेको कार्यक्रममा १०५ जनाले गरे रक्तदान

MadhesKhabar

समाजसेवी रुंगटाको सहयोगमा वीरगन्जको नगवामा विपन्नहरुलाई कम्बल वितरण

MadhesKhabar

भीषण गर्मीबाट राहत दिन वीरगन्जको घण्टाघरमा निःशुल्क चिसो पिउने पानी वितरण

MadhesKhabar

Leave a Comment