वीरगन्ज,२०मंसिर:वीरगन्जबाट प्रशारण हुँदै आएको रेडियो वीरगन्जकाे २३ औं वाषिर्कोत्सवकाे अवसरमा शनिबार बृहत एंव ऐतिहासिक रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।वीरगन्ज-१२ मुर्ली बगैचास्थित रेडियाेकै परिसरमा भएकाे रक्तदान कार्यक्रममा २७ महिलासहित २०८ जनाले रक्तदान गरेका छन् ।
रक्तदान गर्नेहरुमा कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल,शम्भु कुमार सुमन, माधुरी महताे, सुर्यानारायण विक, श्रवण साह, प्रदिप पण्डित, प्रमाेद जयसवाल, सुरज दिप साह, राजेन्द्र भट्टराई, समिर भट्टराई, कुन्दन साह तेली, सिता थापा, मुकेश कुमार साह, चेतना कुमारी अधिकारी, आनन्द कुमार मिश्र, धिरेन्द्र मिश्र, असर्फी राउत गद्दी लगायतकाले रक्तदान गरेकाे रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख साैरभराज पाण्डेले जानकारी दिए।
वीरगन्जस्थित भारतिय महावाणिज्य दुतावासकाे सहकार्य तथा रेडियो वीरगन्जका अध्यक्ष ध्रुब साहकाे अध्यक्षतामा भएकाे रक्तदान कार्यक्रममा पूर्वमन्त्री अजय चाैरसिया, वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साह तेली, पूर्व मेयर नितेन्द्र साह, भारतिय महावाणिज्य दुतावास वीरगन्जका महावाणिज्यदूत देवी सहाय मीना, पर्साका प्रमुख जिल्ला अधिकारी भाेला दाहाल, पर्साका प्रहरी उपरिक्षक सुदिप राज पाठक, जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ, राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता नेजामुदिन सम्मानी, नेपाली कांग्रेसका युवा नेता लाेकेश सिंह लगायतकाकाे पनि उपस्थिती रहेकाे थियाे ।

