Madhes Khabar
समाज

साहिब दरबारको आयोजनामा ६२ जनाले गरे रगत दान

वीरगन्ज,१२फाल्गुन:वीरगन्ज-२१ परवानीपुरमा आयोजित रक्तदान कार्यक्रममा ६२ जनाले रगत दान गरेका छन्।

वीरगन्ज महानगरपालिका वडा नंबर २१ परवानीपुरस्थित कन्साइ नेरोलेक पेन्ट्स (knp) परिसरमा साहिब दरबारले आयोजना गरेकाे रक्तदान कार्यक्रममा ४ जना महिलासहित ६२ जनाले रक्तदान गरेका हुन्।

रक्तदान कार्यक्रममा निशा कार्की, सङ्गीता दास, नेत्र कुमारी खनाल, सोनी कुमारी चौधरी, कृष्ण पटेल, दिलिप पाण्डेलगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेयले बताए ।

रक्तदान कार्यक्रमको वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले रगत दान गरेर उद्घाटन गरेका थिए ।रक्तदाताहरुलाई मेयर सिंहले नै प्रशंसा पत्र प्रदान गरेका थिए ।

साहिब दरबारका अध्यक्ष उमेशलाल सहनीकाे अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा साहिब दरबारका पजुनुमैया त्वायना, सुरज गुप्ता, शिव गुप्ता, संगिता दास,वीरगन्ज सामुदायिक आँखा अस्पतालका सञ्चालक महेशसिंह धामी लगायतकोपनि सहभागिता रहेको थियो ।

Related posts

वीरगन्ज-१० का वडाबासीलाई नि:शुल्क रगत उपलब्ध गराउन ब्लड बैंकलाई १ लाख प्रदान

MadhesKhabar

वीरगन्जमा अनियमति विधुत कटौती हुन थालेपछि विधुत प्राधिकरण विरुद्ध प्रदर्शन

MadhesKhabar

वीरगंज–१९ बिन्दबासिनीमा कांग्रेस उम्मेदवार चौरसियाको कार्यकर्ता भेला सम्पन्न

MadhesKhabar

Leave a Comment