Madhes Khabar
समाज

वीरगन्ज-१० का वडाबासीलाई नि:शुल्क रगत उपलब्ध गराउन ब्लड बैंकलाई १ लाख प्रदान

वीरगन्ज,११बैशाख:वीरगन्ज महानगरपालिका वडा नम्बर १० काे वडा कार्यलयले रक्त सञ्चार केन्द्र वीरगन्जलाई १ लाख रुपैयाँ प्रदान गरेकाे छ।वडाका नागरिक बिरामी परेर रगत चढाउन परेमा रक्त सञ्चार केन्द्रमा रगत परीक्षण बापत लाग्ने शुल्क नि:शुल्क गराउनका लागि वडा कार्यालयले उक्त रकम रक्त सञ्चार केन्द्रलाई प्रदान गरेकाे हाे।

 

बिहीबार वडा कार्यालयमा आयाेजित रक्तदान कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहकाे उपस्थितिमा वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानुले १ लाख रुपैयाँको चेक नेपाल रेडक्रस साेसाइटी पर्साका सभापति बृजकिशाेर पटेललाई प्रदान गरे।

 

वडा कार्यालयले यसअघि पनि उक्त प्रायाेजनकै लागि रक्त सञ्चार केन्द्रलाई १ लाख रुपैयाँ प्रदान गरेकाे थियाे।जसबाट वडा नम्बर १० का ९५ जना बिरामी लाभान्वित भएका थिए।

बिहीबार चेक हस्तान्तरण कार्यक्रममा वडा सदस्यहरु प्रभु महताे,सनेताेष जैशी,प्रेमशीला देवी र मिश्रादेवी नगरकाेटी,वडा सचिव पवन प्रधान,घडिअर्वा स्पाेर्टस् क्लबका अध्यक्ष सन्ताेष कानु,युवा नेता प्रभाकर गुप्ता लगायतकाकाे पनि उपस्थिति थियाे।

Related posts

समाजसेवी रुंगटाको सहयोगमा वीरगन्जको नगवामा विपन्नहरुलाई कम्बल वितरण

MadhesKhabar

पर्साको देउरवानामा २५ लाखको लागतमा धर्मशाला निर्माण हुदै

MadhesKhabar

वीरगन्ज महानगरको सहयोगमा दुई सय जनालाई सिरक वितरण

MadhesKhabar

Leave a Comment