Madhes Khabar
समाज

समाजसेवी रुंगटाको सहयोगमा वीरगन्जको नगवामा विपन्नहरुलाई कम्बल वितरण

वीरगन्ज,१८पुषः वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवामा बृद्धबृद्धा तथा विपन्नहरुलाई कम्बल वितरण गरिएको छ ।

सामुदायिक प्रहरी साझेदारी अन्र्तगत अल्पसंख्यक प्रहरी कार्यक्रम अनुसार जिल्ला प्रहरी कार्यालय पर्सा र ग्रिनसिटी सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित धर्मशालामा एक कार्यक्रम गरि दुई सय थान कम्बल वितरण गरिएको हो ।

नगवा आसपासका गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण गरिएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटी जानकारी दिए । समाजसेवी तथा व्यवसायी मुरलीधर रुंगटाको सहयोगमा प्राप्त दुई सय थान कम्बल उपलब्ध वितरण गरिएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए

उक्त कार्यक्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष प्रशुराम चौरसिया, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ध्रुब कुमार श्रेष्ठ, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटी, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, सामुदायिक सेवा केन्द्र मुर्लीका अध्यक्ष राम सर्राफ लगायतकोपनि उपस्थिती रहेको थियो ।

 

Related posts

आमाको मुख हेर्ने दिनको उपलक्ष्यमा वीरगन्जमा ४ सय ५० आमाहरु सम्मानित

MadhesKhabar

वीरगन्जकाे श्रीपुरमा ६० जनाद्वारा रगत दान

MadhesKhabar

ग्लोबल विजनेश क्लेजकाे रक्तदान कार्यक्रममा १३१ जनाले गरे रगत दान

MadhesKhabar

Leave a Comment