Madhes Khabar
समाज हेडलाइन

वीरगन्जकाे श्रीपुरमा ६० जनाद्वारा रगत दान

मधेसखबर
वीरगन्ज ,२९ असाेज : वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा शनिबार रक्तदान कार्यक्रम आयाेजना गरिएको छ ।

सिटी राेयल युवा क्लबले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा ६० जनाले रगत दान गरेका छन् । रगत दान गर्नेहरुमा विष्णु महताे धानुक, रामपृत महताे, अनिल साेनी, नेहा मण्डल, विपिन पटेल लगायतका रहेकाे रक्त सन्चार केन्द्र वीरगन्जका प्राविधिक डिल्ली माया घिमिरेले जानकारी दिइन् ।

क्लबका अध्यक्ष सुरज महताेकाे अध्यक्षतामा आयाेजित रक्तदान कार्यक्रमकाे उद्घाटन पर्सा क्षेत्र नम्बर १ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार एंव नेपाली काँग्रेसका जिल्ला उपसभापति रामनारायण कुर्मीले गरेका थिए ।

रक्तदान कार्यक्रममा ज्येष्ठ नागरिक भागीरथ महताे, सुन्दर कुर्मी, महेश्वरलाल महताे, मनाेज महताे,प्रधुमन सेढाँई, प्रयाग महताे लगायतकाे पनि उपस्थिति थियाे ।

Related posts

चैती छठकाे मुख्य दिन आज `सँझिया घाटे´ सूर्य भगवानलाई अर्घ दिइदैं

MadhesKhabar

यादव जातिमा रहेका सामाजिक कुरीति हटाउनुपर्छ : गाँउपालिका अध्यक्ष यादव

MadhesKhabar

पर्साकाे रामभौरी भाथा धाममा साउने मेला सुरु

MadhesKhabar

Leave a Comment