
मधेसखबर
वीरगन्ज,११जेठः
मधेसखबर
वीरगन्ज,११जेठः वीरगन्ज महानगरको मेयरमा राजेशमान सिंह विजयी भएको खुशीयालीमा बिहीबार वीरगन्जमा रक्तदान कार्यक्रम आयोेजना हुने भएको छ ।
जसपाको वीरगन्ज महानगर कार्य समिति र साहिब दरबार सेवा संस्थानले रक्तदान कार्यक्रमको आयोजना गर्न लागेका हुन् । वीरगन्जको राणीसती अतिथी सदनमा बिहीबार बिहान ७ बजे देखि शुरु हुने रक्तदान कार्यक्रममा सहभागी भइ मानवीय सेवा गरिदिन हुन आयोजक दुवै संस्थाले वीरगन्जवासीसंग आह्वान गरेका छन् ।
रक्तदान कार्यक्रममा नवनिर्वाचित मेयर राजेशमान सिंहका साथै जसपाका उच्च स्तरका नेताहरुको पनि उपस्थिती रहने बताइएको छ । सिंह , साहिब दरबार सेवा संस्थानका निवर्तमान अध्यक्ष पनि हुन् ।
केहि समय यता वीरगन्जको रक्त सन्चार केन्द्रमा रगतको चरम अभाव भएर जटील प्रकारका बिरामीको उपचारमा समस्या हुन थालेपछि त्यसैलाइ मध्यनजर गरि जसपाको वीरगन्ज महानगर कार्य समिति र साहिब दरबार सेवा संस्थानले बिहीबार रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको जसपाका नगर अध्यक्ष इश्वरचन्द्र यादवले जानकारी दिए ।

