Madhes Khabar
समाज हेडलाइन

प्रभु हस्पिटलको स्थापना दिवसमा वीरगन्ज कारागारका १ सय ५८ कैदीबन्दीले गरे रक्तदान

वीरगन्ज,२० असोज : वीरगन्ज कारागारका १ सय ५८ कैदीबन्दीले रगतदान गरेका छन् । वीरगन्जस्थित प्रभुु हस्पिटलको चौथो स्थापना दिवसको अवसरमा शनिबार कारागार परिसरभित्रै आयोजित रक्तदान कार्यक्रममा कारागारका १ सय ५८ कैदीबन्दीले रगतदान गरेका हुन् ।

कार्यक्रममा पाँच जना सशस्त्र प्रहरीसहित १ सय ६३ जनाले रगतदान गरेकोमा त्यसमध्ये कैदीबन्दीको संख्या १ सय ५८ जना रहेको कारागार प्रमुख फणिन्द्र दाहालले जानकारी दिए ।

रक्तदान कार्यक्रमको उद्घाटन पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले रगत दान गर्ने कैदीबन्दीलाई रगत संकलन गर्ने पोका दिएर गरेका थिए ।रगतदान गरेका कैदीबन्दीहरुलाई प्रजिअ रेग्मी ,सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्य, प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापा , अस्पतालका सञ्चालकद्वय डाक्टर मनोज गुप्ता र डाक्टर लक्ष्मी थापा लगायतले रगतदान गरेको प्रमाणपत्र प्रदान गरेका थिए । रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधीक प्रमुख सौरभराज पाण्डे नेतृत्वको टोलीले प्राविधीक सहयोग गरेको थियो ।

शनिबार कारागारमै अस्पतालले महिला कैदीबन्दीहरुका लागि निःशुल्क स्वाास्थ्य चेकजाँच शिविरपनि आयोजना गरेको थियो । उक्त शिविरमा कारागारमा रहेका ६६ जना महिला केदीबन्दीहरुको स्वास्थ्य जाँच गरिएको थियो । डाक्टर लक्ष्मी थापा नेतृत्वमा रहेका चिकित्सकहरुको टोलीले उनिहरुको स्वास्थ्य जाँच गरी स्वास्थ्य समस्या देखिएका महिला कैदीबन्दीहरुलाई निःशुल्क औषधी वितरणपनि गरिएको कार्यक्रम प्रमुख दिलिपराज कार्कीले बताए ।

 

Related posts

बहुदरमाईका विद्यालयहरुको चाबी शिक्षकले सिडिओलाई बुझाए, १० हजार विद्यार्थीको पठनपाठन ठप्प

MadhesKhabar

वीरगन्जमा करेन्ट लागेर दुई मजदुरको मृत्यु

MadhesKhabar

मुआब्जा माग गर्दै अलौंका स्थानीयले मेयर सिंहलाई बुझाए ज्ञापन

MadhesKhabar

Leave a Comment