Madhes Khabar
स्थानिय हेडलाइन

पर्सा जिल्ला अदालतमा ५ वर्ष यताकै सबैभन्दा बढी मुद्दा फर्छ्योट

वीरगन्ज,३साउनः पर्सा जिल्ला अदालतले गत आर्थिक वर्ष २०८०/०८१ मा झण्डै ५७ प्रतिशत मुद्दा फर्छ्योट गरेको छ ।पर्सा जिल्ला अदालत प्रशासनले बुधबार पत्रकार सम्मेलन गरी आफ्नो वार्षिक प्रगति तथ्यांक सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा अदालतका मुख्य न्यायाधीश दीपक खनालले अदालतमा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरिआएका ६ हजार ८ सय ६५, गत आर्थिक वर्षमा नयाँ दर्ता भएका ७ हजार ३ सय १ गरी कूल १४ हजार १ सय ६६ मुद्दामध्ये ८ हजार ७४ मुद्दा फर्छ्यौट गर्न सफलता मिलेको बताए ।

अदालतमा गत आर्थिक वर्षमा २०७७ साउन १ अघि फरक मुद्दा व्यवस्थापन प्रणाली लागु हुनु अघिका २ सय ९८ मुद्दा फर्छ्यौट गरिएको पनि खनालले बताए । न्यायाधीश खनालले १ हजार ४२, अन्य न्यायाधीशहरु क्रमशः ध्रुवराज त्रिपाठीले १ हजार २०, रोशन गजुरेलले ५ सय, नन्दकिशोर प्रसाद यादवले ४ सय ६०, प्रमेश पोखरेलले २ सय १८, आनन्द प्रसाद श्रेष्ठले ३ सय ८६, पुरुषोत्तम नेपालले ९ सय १९, मोना सिंहले ६ सय ५५, मुकुन्द आचार्यले १ सय २७ तथा सरुवा भएका न्यायाधीशहरुले २ हजार ७ सय ४७ मुद्दा फर्छ्यौट गरेका छन् ।

तुलनात्मक रुपमा हेर्दा गत आर्थिक वर्षमा ५ वर्ष यता सबैभन्दा बढी मुद्दा फर्छ्यौट भएको मुख्य न्यायाधीश खनालले दाबी गरे । उनकाअनुसार आर्थिक वर्ष २०७६/०७७ मा ४० दशमलव २, ०७७/०७८ मा ४० दशमलव ४४, ०७८/०७९ मा ४६ दशमलव ०६, ०७९/०८० मा ४७ दशमलव ६४ र गत आर्थिक वर्ष २०८०/८१ मा ५६ दशमलव ९९ प्रतिशत मुद्दा फर्छ्यौट भएको छ ।

मुद्दागत रुपमा हेर्दा गत आर्थिक वर्षमा घरेलु हिंसाका ७८, सम्बन्ध बिच्छेदका २ सय ६६, माना चामलका ६०, जबरजस्ती करणीका १ सय ७८, जबरजस्ती करणी उद्योगका १, मानव बेचबिखनका ३, नाता कायमका २०, बालबालिकाका २६ मुद्दा फर्छ्यौट भएको खनालले बताए । सीमित जनशक्तिका बीच पनि मुद्दा पर्छ्योट गर्न सक्दो तदारुकता देखाउँदा गत आर्थिक वर्षमा अन्य आर्थिक वर्षको तुलनामा बढी मुद्दा फर्छ्योट गर्न सफलता मिलेको उनले बताए ।

Related posts

ठेकेदारहरुले मिलोमतो गरेर हात पारेको सवारी र कबाडी करको ठेक्का मेयर सिंहले गरे रद्द

MadhesKhabar

चिसाे बढेपछि वीरगन्ज महानगरपालिकाले विद्यालयमा दियाे ८ दिनकाे जाडाे विदा

MadhesKhabar

वीरगन्जका सरकारी विद्यालयहरुले विद्यार्थीलाई दिवा खाजा वितरणमा मनलाग्दी गरेको खुलासा

MadhesKhabar

Leave a Comment