Madhes Khabar
स्थानिय हेडलाइन

पर्सा जिल्ला अदालतमा ५ वर्ष यताकै सबैभन्दा बढी मुद्दा फर्छ्योट

वीरगन्ज,३साउनः पर्सा जिल्ला अदालतले गत आर्थिक वर्ष २०८०/०८१ मा झण्डै ५७ प्रतिशत मुद्दा फर्छ्योट गरेको छ ।पर्सा जिल्ला अदालत प्रशासनले बुधबार पत्रकार सम्मेलन गरी आफ्नो वार्षिक प्रगति तथ्यांक सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा अदालतका मुख्य न्यायाधीश दीपक खनालले अदालतमा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरिआएका ६ हजार ८ सय ६५, गत आर्थिक वर्षमा नयाँ दर्ता भएका ७ हजार ३ सय १ गरी कूल १४ हजार १ सय ६६ मुद्दामध्ये ८ हजार ७४ मुद्दा फर्छ्यौट गर्न सफलता मिलेको बताए ।

अदालतमा गत आर्थिक वर्षमा २०७७ साउन १ अघि फरक मुद्दा व्यवस्थापन प्रणाली लागु हुनु अघिका २ सय ९८ मुद्दा फर्छ्यौट गरिएको पनि खनालले बताए । न्यायाधीश खनालले १ हजार ४२, अन्य न्यायाधीशहरु क्रमशः ध्रुवराज त्रिपाठीले १ हजार २०, रोशन गजुरेलले ५ सय, नन्दकिशोर प्रसाद यादवले ४ सय ६०, प्रमेश पोखरेलले २ सय १८, आनन्द प्रसाद श्रेष्ठले ३ सय ८६, पुरुषोत्तम नेपालले ९ सय १९, मोना सिंहले ६ सय ५५, मुकुन्द आचार्यले १ सय २७ तथा सरुवा भएका न्यायाधीशहरुले २ हजार ७ सय ४७ मुद्दा फर्छ्यौट गरेका छन् ।

तुलनात्मक रुपमा हेर्दा गत आर्थिक वर्षमा ५ वर्ष यता सबैभन्दा बढी मुद्दा फर्छ्यौट भएको मुख्य न्यायाधीश खनालले दाबी गरे । उनकाअनुसार आर्थिक वर्ष २०७६/०७७ मा ४० दशमलव २, ०७७/०७८ मा ४० दशमलव ४४, ०७८/०७९ मा ४६ दशमलव ०६, ०७९/०८० मा ४७ दशमलव ६४ र गत आर्थिक वर्ष २०८०/८१ मा ५६ दशमलव ९९ प्रतिशत मुद्दा फर्छ्यौट भएको छ ।

मुद्दागत रुपमा हेर्दा गत आर्थिक वर्षमा घरेलु हिंसाका ७८, सम्बन्ध बिच्छेदका २ सय ६६, माना चामलका ६०, जबरजस्ती करणीका १ सय ७८, जबरजस्ती करणी उद्योगका १, मानव बेचबिखनका ३, नाता कायमका २०, बालबालिकाका २६ मुद्दा फर्छ्यौट भएको खनालले बताए । सीमित जनशक्तिका बीच पनि मुद्दा पर्छ्योट गर्न सक्दो तदारुकता देखाउँदा गत आर्थिक वर्षमा अन्य आर्थिक वर्षको तुलनामा बढी मुद्दा फर्छ्योट गर्न सफलता मिलेको उनले बताए ।

Related posts

वीरगन्ज महानगरमा विभिन्न पदका लागि ४८ जना कर्मचारी माग

MadhesKhabar

पोखरियाको विद्यालयमा शिक्षकले गुनासोको सुनुवाई नगरेपछि विद्यार्थीहरुले गुहारे मेयरलाई

MadhesKhabar

नागरिकप्रति उत्तरदायी भएर काम गर्न खानेपानी मन्त्री यादवकाे निर्देशन

MadhesKhabar

Leave a Comment