Madhes Khabar
शिक्षा हेडलाइन

चिसाे बढेपछि वीरगन्ज महानगरपालिकाले विद्यालयमा दियाे ८ दिनकाे जाडाे विदा

वीरगन्ज,२२पुष:चिसाे बढ्दै गएपछि पर्साकाे पालिकाहरुले विद्यालयहरुमा पठनपाठन बन्द गर्न थालेका छन्।

तराई-मधेसमा केहि दिनयता चिसाे बढ्दै गएका कारण जनजिवन प्रभावित हुदैं गएकाे छ।हुस्सु लाग्नुका साथै घामपनि लाग्न छाडेपछि चिसाे बढेकाे र यसले विद्यालयमा बालबालिकालाई पठनपाठनमा समस्या भएकाले त्यसैलाई मध्यनजर गरी वीरगन्ज महानगरपालिकालेपनि महानगरमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा साेमबारदेखि आठ दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेकाे हाे।

आइतबार बसेकाे महानगरकाे शिक्षा समितिकाे बैठकले साेमबारदेखी माघ १ गतेसम्म आठ दिन महानगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरेकाे शिक्षा अधिकृत हरि राउतले जानकारी दिए।तर परिक्षा चलिरहेका केहि संस्थागत विद्यालयहरुकाे हकमा भने परिक्षा नियमित राख्न अनुराेध गरिएको राउतले बताए।


यस्तै पर्साकै बहुदरमाई नगरपालिकालेपनि चार दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेकाे छ।

नगरपालिकाका मेयर सिंगासन सा तेलीले आइतबार जारी गरेकाे सार्वजनिक सुचनामा बढ्दाे जाडाेका कारण बालबालिकाकाे स्वास्थ्यमा प्रतिकुल असर पार्न सक्ने भएकाले साेमबारदेखि पुष २६ गते बिहिबारसम्मका लागि पालिकाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय नगरपालिकाले गरेकाे उल्लेख छ।

माैसम अनुकुल भए शुक्रबारदेखि पठनपाठन नियमित सञ्चालन आउने मेयर साहले बताएका छन्।

Related posts

पानी नपर्दा ब्याडमै सुक्न थाल्यो धानको बीउ

MadhesKhabar

बढ्याे डिजेल र पेट्रोलकाे भाउ

MadhesKhabar

वीरगन्ज नाकाबाट सात महिनामा करिब १७ अर्बको औषधि आयात

MadhesKhabar

Leave a Comment