Madhes Khabar
शिक्षा हेडलाइन

वीरगन्जका सरकारी विद्यालयहरुले विद्यार्थीलाई दिवा खाजा वितरणमा मनलाग्दी गरेको खुलासा

वीरगन्ज,१४ भदौं : वीरगन्ज महानरपालिकामा रहेका अधिकांश सामुदायिक विद्यालयले दिवा खाजा कार्यक्रममा मनलाग्दी गरेको खुलसा भएको छ ।

नेपाल सरकारले सामुदायिक विद्यालयका बालविकास कक्षा देखि ५ सम्मका विद्यार्थीलाई जनही दैनिक १५ रुपैयाँ बराबरको खाजा÷नास्ता वितरणका लागि विद्यालयलाई रकम उपलब्ध गराउँदै आएको छ । तर महानगरमा रहेका अधिकांश सामुदायिक विद्यालयले दिवा खाजा कार्यक्रममा मनलाग्दी गर्दै आइरहेका छन् ।

अभिभावकहरुको उजूरीका आधारमा स्वतन्त्र मानव अधिकार समाजको टोलीले विगत ४ दिनमा महानगरका ७ वटा सामुदायिक विद्यालयहरुमा दिवा खाजा कार्यक्रमको अनुगमन गरेको थियो । त्यसक्रममा ३ वटा विद्यालयले मात्रै सरकारले तोकेको मापदण्ड अनुसार दिवा खाजा कार्यक्रम सञ्चालन गरेकोे तर ४ वटा विद्यालयहरुले भने विद्यार्थीहरुलाई दिवा खाजा नै वितरण नगरेको पाइएको समाजका महासचिव दीपक साह कानुले बताए ।

उनका अनुसार, अनुगमनका क्रममा रामचरण पन्नलाल मावि घडीअर्वा र नेपाल राष्ट्रिय मावि नगवामा गत साउन १ गतेदेखि नै दिवा खाजा वितरण रोकिएको पाइएको छ । यस्तै नेपाल रेल्वे माविमापनि भदौं ९ गतेदेखि नै दिवा खाजा वितरण कार्य बन्द रहेको तथा ताराचन्द किशनलाल आधारभूत विद्यालयमा भदौं १२ गतेपछि दिवा खाजामा विद्यार्थीलाई बिस्कुट वितरण भइरहेको पाइएको महासचिव कानुले बताए ।

अनुगमनका क्रममा त्रिभुवन हनुमान मावि , जित्रुद्ध महावीर प्रसाद रघुवीर राम मावि र जेपी चर्तुवेदी विद्यालयमा भने दिवा खाजा वितरण भइरहेको पाइएको समाजका केन्द्रिय सभापति कृष्णकुमार खनालले बताए ।

महानगरका सामुदायिक विद्यालयहरुमा मन लागे दिवा खाजामा विद्यार्थीहरुलाई नास्ता दिने , मन नलागे नदिने जस्ता उजुरी समाजमा परेपछि ४ दिनमा ७ वटा विद्यालयहरुमा अनुगमन गरिएको खनालले बताए ।ययसबारेमा वीरगन्ज महानगरपालिकाको शिक्षा महाशाखामा ध्यानाकर्षण गगराइने भन्दै खनालले आगामी दिनमा महानगरका अन्य सामुदायिक विद्यालयहरुमापनि दिवा खााजा कार्यक्रमका बारे अनुगमन गरिने बताए ।

Related posts

जथाभावी फोहोर फाल्नेमाथि वीरगन्ज महानगरले सार्वजनिक मुद्दा पनि चलाउने

MadhesKhabar

निजी विद्यालयको स्तर वर्गीकरण तथा शुल्क निर्धारण नगर्न महानगरलाई अदालतबाट उत्प्रेषण आदेश जारी

MadhesKhabar

नेपाल लगातार दाेस्राे पटक टी-२० विश्वकप क्रिकेटमा छनाैट

MadhesKhabar

Leave a Comment