Madhes Khabar
शिक्षा हेडलाइन

वीरगन्जका सरकारी विद्यालयहरुले विद्यार्थीलाई दिवा खाजा वितरणमा मनलाग्दी गरेको खुलासा

वीरगन्ज,१४ भदौं : वीरगन्ज महानरपालिकामा रहेका अधिकांश सामुदायिक विद्यालयले दिवा खाजा कार्यक्रममा मनलाग्दी गरेको खुलसा भएको छ ।

नेपाल सरकारले सामुदायिक विद्यालयका बालविकास कक्षा देखि ५ सम्मका विद्यार्थीलाई जनही दैनिक १५ रुपैयाँ बराबरको खाजा÷नास्ता वितरणका लागि विद्यालयलाई रकम उपलब्ध गराउँदै आएको छ । तर महानगरमा रहेका अधिकांश सामुदायिक विद्यालयले दिवा खाजा कार्यक्रममा मनलाग्दी गर्दै आइरहेका छन् ।

अभिभावकहरुको उजूरीका आधारमा स्वतन्त्र मानव अधिकार समाजको टोलीले विगत ४ दिनमा महानगरका ७ वटा सामुदायिक विद्यालयहरुमा दिवा खाजा कार्यक्रमको अनुगमन गरेको थियो । त्यसक्रममा ३ वटा विद्यालयले मात्रै सरकारले तोकेको मापदण्ड अनुसार दिवा खाजा कार्यक्रम सञ्चालन गरेकोे तर ४ वटा विद्यालयहरुले भने विद्यार्थीहरुलाई दिवा खाजा नै वितरण नगरेको पाइएको समाजका महासचिव दीपक साह कानुले बताए ।

उनका अनुसार, अनुगमनका क्रममा रामचरण पन्नलाल मावि घडीअर्वा र नेपाल राष्ट्रिय मावि नगवामा गत साउन १ गतेदेखि नै दिवा खाजा वितरण रोकिएको पाइएको छ । यस्तै नेपाल रेल्वे माविमापनि भदौं ९ गतेदेखि नै दिवा खाजा वितरण कार्य बन्द रहेको तथा ताराचन्द किशनलाल आधारभूत विद्यालयमा भदौं १२ गतेपछि दिवा खाजामा विद्यार्थीलाई बिस्कुट वितरण भइरहेको पाइएको महासचिव कानुले बताए ।

अनुगमनका क्रममा त्रिभुवन हनुमान मावि , जित्रुद्ध महावीर प्रसाद रघुवीर राम मावि र जेपी चर्तुवेदी विद्यालयमा भने दिवा खाजा वितरण भइरहेको पाइएको समाजका केन्द्रिय सभापति कृष्णकुमार खनालले बताए ।

महानगरका सामुदायिक विद्यालयहरुमा मन लागे दिवा खाजामा विद्यार्थीहरुलाई नास्ता दिने , मन नलागे नदिने जस्ता उजुरी समाजमा परेपछि ४ दिनमा ७ वटा विद्यालयहरुमा अनुगमन गरिएको खनालले बताए ।ययसबारेमा वीरगन्ज महानगरपालिकाको शिक्षा महाशाखामा ध्यानाकर्षण गगराइने भन्दै खनालले आगामी दिनमा महानगरका अन्य सामुदायिक विद्यालयहरुमापनि दिवा खााजा कार्यक्रमका बारे अनुगमन गरिने बताए ।

Related posts

गौर हत्या काण्डको मुद्दा लिएर अन्तर्राष्ट्रिय अदालतमा जाने प्रभु साहको चेतावनी

MadhesKhabar

सिमरा घटना :वार्तामा जेनजीसंग प्रशासनले किन गरेन लिखित सहमति ?…

MadhesKhabar

वीरगन्जको गीता मन्दिरका अनाधिकृत सटरहरुमाथि पनि चल्यो महानगरको डोजर

MadhesKhabar

Leave a Comment