Madhes Khabar
स्थानिय हेडलाइन

पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा वीरगन्जमा प्रदर्शन

वीरगन्ज, १३ साउन : पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुले वीरगन्जमा प्रदर्शन गरेका छन् । नेपाल सरकारको प्रथम श्रेणी सरह पारिश्रमिक वृद्धि गर्न माग गर्दै मजदुर संगघसंगठनहरुले शनिबार वीरगन्जमा दबाबमुलुक ¥याली निकालेर प्रदर्शन गरेका हुन् ।
प्रत्येक २÷२ बर्षमा पारिश्रमिक वृद्धि गर्नुपर्ने कानूनी व्यावस्था भएपनि उद्योग सञ्चालकहरुले अहिलेसम्म पारिश्रमिक वृद्धि नगरेको भन्दै मजदुर संघसंगठनहरुले पारिश्रमिक वृद्धि गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

वीरगन्जको घण्टाघर चोकबाट निकालिएको दबाबमुलक ¥याली माईस्थान, आदर्शनगर, , घडिअर्वा हुदै पुनः घण्टाघर चोकमै पुगेर कोणसभामा परिणत भएको थियो ।कोणसभालाई सम्बोधन गर्दै मजदुर संगठनका नेताहरुले नेपाल सरकारको प्रथम श्रेणी सरह पारिश्रमिक वृद्धि गर्न देशभरका १२ वटा टेड युनियन महासंघले संयुक्त रुपमा प्रधानमन्त्री र मन्त्रीलाई ज्ञापनपत्र समेत बुझाईसकेको भएपनि अहिलेसम्म पारिश्रमिक वृद्धिको घोषणा नगरेपछि दबावका लागि ¥याली निकालिएको बताए । उनिहरुले आइतबारदेखि आन्दोलनको थप कार्यक्रम गर्ने घोषणापनि गरे ।

जसअन्तर्गत साउन १४ गते आइतबार आ–आफ्नो युनियनमा बैठक बसी तयारी गर्ने, साउन २० गते आ–आफ्नो संगठनको प्रदेश स्तरीय भेला गरी परिचालन समिति गठन गर्ने, साउन २१ गतेदेखि २६ गतेसम्म आ–आफ्नो टे«ड युनियन मार्फत उद्योगलाई तलब वृद्धि गर्ने माग सहितको दबाव पत्र दिने, दबाव पत्र प्रत्येक उद्योगले श्रम मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयमा पठाउने बताइएको छ ।
यसैगरि साउन २७ गते प्रदेश स्तरीय परिचालन समितिको संयुक्त बैठक बस्ने, साउन २८ गतेखि ३२ गतेसम्म उद्योगमा नाराजुलुश, कोणसभा र कार्यालयमा धर्ना दिने कार्यक्रम गरिने र भदौ १ गतेदेखि अनिश्चितकालिन अवज्ञा आन्दोलन गर्ने आन्दोलनको तालिका रहेको मजुर संगठनहरुले जनाएका छन् ।

Related posts

कालिकामाई र धोबिनीमा भूमि सम्बन्धी अभिमुखीकरण सम्पन्न

MadhesKhabar

वीरगन्ज बाल सुधारगृहबाट भागेका दुई बालकैदी भारतमा पक्राउ 

MadhesKhabar

केपी ओली प्रधानमन्त्रीमा नियुक्त

MadhesKhabar

Leave a Comment