Madhes Khabar
समाचार हेडलाइन

भारतबाट हुण्डीको १८ लाख रुपैयाँ लिएर आउँदै गरेका दुई जना वीरगन्ज नाकाबाट पक्राउ

वीरगन्ज,३०जेठःभारतबाट हुण्डीको रकम लिएर आउँदै गरेका दुई जनालाई सशस्त्र प्रहरीले वीरगन्ज भन्सार क्षेत्रबाट पक्राउ गरेको छ । १८ लाख रुपैयाँसहित दुई जनालाई सशस्त्र प्रहरीले वीरगन्ज भन्सार क्षेत्रबाट शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयाका १९ वर्षीय राहुल तिवारी र बाराको प्रसौनी गाँउपालिका वडा नम्बर २ प्रसौनीका ४० वर्षीय कौशल कुमार गुप्ता रहेका छन् । तिवारीको साथबाट १३ लाख रुपैयाँ र गुप्ताको साथबाट ५ लाख रुपैयाँ नगद बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्रबहादुर सिंहले जानकारी दिए ।

सिंहका अनुसार, शुक्रबार विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीको टोलीले वीरगन्ज भन्सार कार्यालय अगाडिको सडकमा भारतको रक्सौलबाट आउँदै गरेको तिवारी सवार बीआर ०५ ए टी ०४७५ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा उक्त मोटरसाइकलको एयर फिल्टर बक्सभित्र लुकाएर राखिएको अवस्थामा नेपाली १३ लाख रुपैयाँ भेटिएको र उक्त रकमको श्रोत खुल्न नसकेपछि रकम र मोटरसाइकलसहित तिवारीलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले बताए ।

यस्तै शुुक्रबार नै वीरगन्ज भन्सार कार्यालय नजिकैको सडकमा सशस्त्र प्रहरीले रक्सौलबाट वीरगन्ज आउँदै गरेको गुप्ता सवार ना ४७ प ९७१० नम्बरको मोटरसाइकल रोकेर गुप्ताको शरिर खानतलासी गरेको थियो । त्यसक्रममा गुप्ताको शरिरका विभिन्न भागमा लुकाएर राखिएको अवस्थामा नेपाली पाँच लाख रुपैयाँ भेटिएको हो । गुप्ताले उक्त रकमको श्रोत खुलाउन नसकेपछि रकम र मोटरसाइकलसहित गुप्तालाई पनि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले बताए ।

बरामद रकम, मोटरसाइकल सहित पक्राउ परेका तिवारी र गुप्तालाई अनुसन्धान तथा कारबाहीका लागि शुक्रबार नै वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सिंहले जानकारी दिए ।

Related posts

सानो पाइलाका सञ्चालक जीबी राईलाई पक्राउ गर्न माग गर्दै वीरगन्जमा प्रदर्शन

MadhesKhabar

पर्साको निचुटामा तिलगंगा आँखा अस्पतालको शाखा सन्चालन हुदै

MadhesKhabar

लालबाबु नेतृत्वको प्रदेश सरकारले वीरगन्ज विकास प्राधिकरणको नाममा २५ करोड अनियमितता गरेको पटेलकाे आराेप

MadhesKhabar

Leave a Comment