Madhes Khabar
राजनीति हेडलाइन

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियालाई जिताउन नेविसंघ र नेपाल तरुण दलका युवा एकजुट


वीरगञ्ज–१६, माघ :पर्सा क्षेत्र नम्बर २ का नेपाली काँग्रेसका उम्मेदवार अजय चौरसियालाई विजयी गराउने उद्देश्यले नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल तरुण दलका युवाहरू एकजुट भएका छन्।

शुक्रबार पर्सा–२ का काँग्रेस उम्मेदवार चौरसियाको निवासमा सम्पन्न छलफल कार्यक्रममा दुवै संगठनका उल्लेख्य संख्यामा युवाहरूको सहभागिता रहेको थियो। सो अवसरमा उम्मेदवार चौरसियाले कसैलाई हेपेर वा गाली गरेर सही नहुने भन्दै संयमता अपनाउँदै सकारात्मक र संयमित ढंगले अघि बढ्न आफ्ना नेता–कार्यकर्तालाई आग्रह गरे।

चौरसियाले विगतदेखि वर्तमानसम्म देश, समाज तथा स्थानीय तहमा आफूले निर्वाह गरेको भूमिकालाई जनताले स्मरण गरिरहेको उल्लेख गर्दै गाउँ–ठाउँमा प्राप्त माया र सम्मानप्रति गौरव महसुस गरेको बताए। उनले आगामी दिनमा पनि यही माया र विश्वास निरन्तर रहने विश्वास व्यक्त गरे।

छलफलमा सहभागी नेविसंघका केन्द्रीय सदस्य त्रिलोकी साहले नेपाली काँग्रेस युवाहरूको ठूलो जमात भएको पार्टी भएकोले सबै एकढिक्का भएर लागे पर्सा–२ का साथै पर्साका सबै क्षेत्रमा काँग्रेसका उम्मेदवारलाई जिताउन सहज हुने धारणा व्यक्त गरे।

त्यस्तै नेपाल तरुण दलका नेता दिनेश यादवले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएको उल्लेख गर्दै लोकतन्त्रको रक्षाका लागि काँग्रेसका उम्मेदवारलाई विजयी बनाउनु अपरिहार्य रहेको बताए। उनले चारवटै निर्वाचन क्षेत्रमा काँग्रेस उम्मेदवारको जीत आवश्यक रहेको धारणा राखे।

नेविसंघका केन्द्रीय सदस्य विकेह पटेलले सबै नेता–कार्यकर्ता आ–आफ्नो तहबाट चुनावी रणनीतिसहित सक्रिय हुनुपर्ने आवश्यकता औँल्याए। साथै नेपाली काँग्रेसविरुद्ध सुनियोजित रूपमा फैलाइने अफवाहको सत्य–तथ्य मिडियामार्फत उजागर गर्नुपर्नेमा उनले जोड दिए।

काँग्रेसका युवा नेता सोहैल तन्वीरले गलत प्रचारको प्रतिवाद तथ्य र प्रमाणका आधारमा गर्नुपर्ने बताए। त्यसैगरी युवा नेता रञ्जित कुमार पटेलले पर्सा क्षेत्र नम्बर २ का काँग्रेस उम्मेदवार सक्षम, इमानदार, अनुभवी र विकासप्रेमी रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा फुटेर होइन, जुटेर लाग्न सबैलाई आग्रह गरे।

कार्यक्रममा नेपाली काँग्रेसका अगुवा नेता–कार्यकर्ता तथा मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम प्रसाद पटेल लगायतको उपस्थिति रहेको थियो।

Related posts

कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने लोसपाको निर्णय

MadhesKhabar

ठोरीमा पर्यटकीय क्षेत्र बनाउने मधेस सरकारकाे घोषणा अलपत्र

MadhesKhabar

पर्सा–३ का प्रभावशाली उम्मेदवार यादवले एमालेका पाण्डेयलाई गरे समर्थन

MadhesKhabar

Leave a Comment