Madhes Khabar
समाज

ग्लोबल विजनेश क्लेजकाे रक्तदान कार्यक्रममा १३१ जनाले गरे रगत दान

मधेसखबर
वीरगन्ज ,२३ मंसिर : वीरगन्जकाे ग्लोबल विजनेश क्लेजमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा शुक्रबार रक्तदान कार्यक्रम समपन्न भएको छ ।

जाडो मौसममा चिसो बढेसंगै हुने रगत अभावलाई परिपुर्ति गर्नका लागी अयोजित रक्तदान कार्यक्रममा २० महिला सहित एक सय ३१ जनाले रक्तदान गरेका छन् ।

ओम आश्रम नजिकै श्रीपुरस्थित ग्लोबल विजनेश क्लेज परिसरमै आयोजित रक्तदान कार्यक्रममा क्लेजका कक्षा ११र १२ तथा बिबिएसकाे प्रथम वर्ष र दोश्रो वर्षका विद्यार्थीहरुले रक्तदान कार्यक्रम आयाेजना गरेका हुन् ।

रक्तदान कार्यक्रममा क्लेजका सञ्चालक श्रीराम दास, ओम प्रकास श्रेष्ठ र अशोक सरार्फले रक्तदान गरि कार्यक्रमकाे उदघाटन गरेका थिए ।

रक्तदान कार्यक्रममा सिम्रन सिंह, विजया ओझैया, सुरभि वर्णवाल, गुडिया वर्णवाल, पुजा गुप्ता, अनु ठाकुर, सरिता मेहता, तेरु नेसा खातुन, आरति वर्णवाल, श्रेया सिह, मुुनि महतो, नोमि मिश्रा, राखि कर्ण, निरुता मुखिया, सुनिता कुमारी लगायत २० महिला सहित १ सय ३१ जनाले रक्तदान गरेकाे रक्त सन्चार केन्द्र वीरगन्जले जनाएकाे छ ।

ग्लोबल विजनेश क्लेजका प्रधानाध्यापक श्रीराम दासको अध्यक्षतामा भएको कार्यक्रममा रक्तसञ्चार केन्द्रका प्राविधिक धिरेन्द्र झा, ब्लड डोनर्स एशोसिएसन पर्साका सचिव अरविन्द सिंह, स्वयंसेवी राजन श्रीवास्तव, वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौगाई, युवा नेता ओम प्रकाश सरार्फ, दिलिप राज कार्की, कलेजका प्रध्यापक ओम प्रकाश श्रेष्ठ, अशोक सरार्फ लगायतको पनि उपस्थिति रहेको थियो ।

Related posts

बलात्कृत बालिका गर्भवती , ५९ वर्षिय पुरुष पक्राउ

MadhesKhabar

वीरगन्जमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु

MadhesKhabar

शहीद दिवसमा कलैया अस्पतालका बिरामीहरुलाई फलफूल वितरण

MadhesKhabar

Leave a Comment