वीरगन्ज,१६माघ:शहीद दिवसमा नेपाल शिक्षक संघ बाराले कलैयामा रहेकाे प्रादेशिक अस्पतालमा फलफूल वितरण गरेकाे छ ।
नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ बाराले मंगलबार बिहान अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरेकाे हाे ।त्यस अवसरमा कांग्रेस पर्साका सभापति राजेश राय यादव, बारा क्षेत्र नम्बर ४ काे ख का कांग्रेसका क्षेत्रीय सभापति लाेकेश सिंह र संघका अध्यक्ष राजकिशाेर सहनीले अस्पतालका विभिन्न वार्डमा पुगेर बिरामीहरुलाई फलफूल वितरण गरेका थिए ।
संघका अध्यक्ष सहनीको अध्यक्षता तथा कांग्रेस जिल्ला सभापति यादवको प्रमुख आतिथ्यतामा भएको फलफूल वितरण कार्यक्रममा संघमा आबद्ध शिक्षक,शिक्षिकाका साथै कांग्रेस नेताकार्यकर्ताहरुकाेपनि सहभागीता थियाे ।

