Madhes Khabar
समाज स्वास्थ्य

वीरगन्जको अलौंमा आयोजित निःशुल्क आँखा परिक्षण शिविरबाट २३१ जना लाभान्वित

वीरगन्ज,०७माघःवीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंमा आइतबार साहिद दरबारको आयोजनामा निःशुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको छ । वीरगन्ज सामुदायिक आँखा अस्पतालको प्राविधिक समन्वयमा सम्पन्न शिविरमा २ सय ३१ जनाले लाभ लिएका छन् ।

शिविरमा २ सय ३१ जनाको आँखा परिक्षण गरिएकोमा तीमध्ये ५४ जनामा मोतिया बिन्दुको समस्या फेला परेको वीरगन्ज सामुदायिक आँखा अस्पतालका सञ्चालक महेशसिंह धामीले जानकारी दिए । उनिहरुको आगामी बुधबार वीरगन्ज सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यकृया गरिने साहिब दरबारका अध्यक्ष उमेशलाल सहनीले जानकारी दिए ।

शिवरिमा वडा अध्यक्ष सन्जिव बहादुर छत्कुली,साहिब दरबारका सदस्य लक्ष्मी देवी चौरसिया,हफिज मियाँ ,निरज चौधरी, विरेन्द्र पटेल लगायतकोपनि सहभागिता थियो ।

 

Related posts

वीरगन्जको अलौंमा दलितसंग भएको छुवाछुत घटनाबारे राष्ट्रिय दलित आयोगको चासो

MadhesKhabar

विन्दवासिनी गाउँपालिकामा वर्षाले बिग्रिएको सडक मर्मतका लागि गापा अध्यक्ष आफै जुटे

MadhesKhabar

नारायणी अस्पतालमा आकस्मिक सेवा सहित २२ बेडको डायलोसिस वार्ड सन्चालन

MadhesKhabar

Leave a Comment