Madhes Khabar
समाज स्वास्थ्य

वीरगन्जको अलौंमा आयोजित निःशुल्क आँखा परिक्षण शिविरबाट २३१ जना लाभान्वित

वीरगन्ज,०७माघःवीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंमा आइतबार साहिद दरबारको आयोजनामा निःशुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको छ । वीरगन्ज सामुदायिक आँखा अस्पतालको प्राविधिक समन्वयमा सम्पन्न शिविरमा २ सय ३१ जनाले लाभ लिएका छन् ।

शिविरमा २ सय ३१ जनाको आँखा परिक्षण गरिएकोमा तीमध्ये ५४ जनामा मोतिया बिन्दुको समस्या फेला परेको वीरगन्ज सामुदायिक आँखा अस्पतालका सञ्चालक महेशसिंह धामीले जानकारी दिए । उनिहरुको आगामी बुधबार वीरगन्ज सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यकृया गरिने साहिब दरबारका अध्यक्ष उमेशलाल सहनीले जानकारी दिए ।

शिवरिमा वडा अध्यक्ष सन्जिव बहादुर छत्कुली,साहिब दरबारका सदस्य लक्ष्मी देवी चौरसिया,हफिज मियाँ ,निरज चौधरी, विरेन्द्र पटेल लगायतकोपनि सहभागिता थियो ।

 

Related posts

वीरगन्जमा सिटिजन बैंकको वार्षिकोत्सवमा १८ जनाले गरे रक्तदान

MadhesKhabar

वीरगन्जकाे सहदेव क्लिनिकमा डा. अनुपमले गरे ५० बिरामीको नि:शुल्क उपचार

MadhesKhabar

नारायणी अस्पतालमा बिरामीको अप्रेशन पनि निःशुल्क गराउने सांसद चौरसियाको घोषणा

MadhesKhabar

Leave a Comment