Madhes Khabar
समाज

वीरगन्जमा सिटिजन बैंकको वार्षिकोत्सवमा १८ जनाले गरे रक्तदान

वीरगन्ज,५बैशाखःवीरगन्जमा शुक्रबार सिटिजन बैंक इंटरनेशनलले आयोजना गरेको रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन्् । १८ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३ महिला सहित १८ जनाले रक्तदान गरेका हुन् ।

रक्तदान गर्नेहरुमा लक्ष्मी श्रेष्ठ,अञ्जली कुमारी,सुभद्रा पाठक,रोशन सर्राफ,शिशिरजंग राणा,रवि गिरी,विक्की सिंह,सम्सुल अन्सारी,नितेश खड्गी लगायतका रहेको रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

बैंकका वीरगन्ज शाखाका प्रमुख अभय ठाकुरको अध्यक्षता तथा बैंकका मधेस प्रदेश प्रमुख नितेश खड्कीको प्रमुख आतिथ्यमामा आयोजित रक्तदान कार्यक्रममा वीरगन्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाईं,नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष कुमार गुप्ता लगायतकाकोपनि उपस्थिती रहेको थियोे।

Related posts

पर्साकाे सिसियाडीमा विपन्न परिवारका २५० जनालाई कम्बल वितरण

MadhesKhabar

वार्षिकाेत्सवमा भोजपुरी टाईम्सले अपांगता भएका बालकलाई दियाे ह्वील चेयर

MadhesKhabar

वीरगन्जमा इनोभेटिभ सोसाइटीले आयोजना गरेको कार्यक्रममा ५९ जनाले गरे रक्तदान

MadhesKhabar

Leave a Comment