वीरगन्ज, २३ साउन: वीरगन्जबाट भाेजपुरी भाषामा प्रकाशन हुदै आएकाे भोजपुरी टाईम्स दैनिक पत्रिकाले १० औं वार्षिकोत्सवमा अपांगता भएका एक बालकलाई ह्वील चेयर प्रदान गरेमाे ट ।
वार्षिकोत्सवमा पत्रिकाका सञ्चालक र पत्रकारहरुले बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १६ मझौलिया निवासी चरितर रामका १४ वर्षिय छोरा मन्दिप कुमार रामलाई ह्वील चेयर सहयाेग गरेका हुन् ।
मन्दिपको जन्मेदेखि नै हातखुट्टाले पूर्ण रुपमा काम नगरेकोले उनलाई हिडडुल गर्न समस्या रहेको र उनको घरपरिवारको आर्थिक अवस्था पनि कमजोर रहेको स्थानियहरुले जानकारी गराए पश्चात पत्रिकाले अन्य कार्यक्रमहरु नगरी यो वर्ष मन्दिपलाई ह्वील चेयर सहयोग गरेर वार्षिकोत्सब मनाइएकाे पत्रिकाका प्रकाशक अजय चौरसियाले बताए ।
पत्रिकाका प्रकाशक चौरसिया, कार्यकारी सम्पादक श्रवण प्रसाद साह र बारा प्रतिनिधि प्रभु यादवले मंगलबार मन्दिपको घरमै पुगेर उनका आमा छठिया देवी रामलाई ह्विल चेयर हस्तान्तरण गरेका हुन् ।
त्यसअवसरमा युवा नेता एवं समाजसेवी ईजरायल अन्सारी, स्थानिय अनिल कुशवाहा, सञ्चारकर्मी उमेश दुबे, रंजित चौरसिया, दिपेन्द्र गिरी, मुकेश चौरसिया लगायतकोपनि उपस्थिति रहेकाे थियो ।
पत्रिकाले गत वर्ष ९ औं वार्षिकोत्सवको अवसरमा पनि वीरगन्जस्थित आमाको माया छात्रावासमा आश्रित बालबालिकाहरुको लागि स्टेसनरी सामग्री सहयोग गरेको पत्रिकाका कार्यकारी सम्पादक श्रवण साहले बताए ।

