Madhes Khabar
समाज हेडलाइन

इनिशाको न्यायका लागि वीरगन्जमा भएको प्रदर्शनमा युवतीहरुको माग :‘बालेन दाई,बलात्कारीलाई फाँसी देऊ’

वीरगन्ज,२९ फागुन : सुर्खेतको वीरेन्द्रनगरमा किशोरी इनिशा बिकको बलात्कारपछि भएको हत्या घटनाका दोषीलाई कारबाहीको माग गर्दै शुक्रबार वीरगन्जमा प्रदर्शन गरिएको छ।

वीरगन्ज स्कुल अफ ल मा कानुन संकायमा अध्ययनरत युवा युवतीहरुले शुक्रबार साँझ घण्टाघर चोकमा प्रदर्शन गरेका हुन् ।प्रदर्शनमा सहभागी युवा युवतीहरुले ’इनिशाका बलात्कारी तथा हत्यारालाई कारबाही गर’, ‘बलात्कारी र हत्यारालाई फाँसी दे’,देशका छोरीहरु एक होओैं,बलात्कारीविरुद्ध अभियान चलाओैं,’नेपाली चेली कहिलेसम्म बलात्कृत हुने ?झ ‘नारीको सम्मान गर’ लगायतका नारा लेखिएका प्ले कार्डपिन प्रदर्शन गरेका थिए।

प्रदर्शनपछि उनिहरुले घण्टाघर चोकमै मैन बत् बालेर मृतक इनिशा बिकलाई श्रद्धाञ्जली अर्पणपनि गरेका थिए।


प्रदर्शनमा सहभागी उक्त कलेजकी छात्रा एलिना पटेलले यसअघि नेपालमै बलात्कारपछि हत्या गरिएकि निर्मला पन्तले पनि अहिलेसम्म न्याय पाउन नसेकेको भन्दै सरकारप्रति आक्रोश पोखिन्।नेपालको सरकार र प्रहरी प्रशासनसंगै कानुनपनि निरीह भएकै कारण छोरीचेलीहरु बलात्कृत हुने घटना नरोकिएको उनले बताइन्।

छात्रा पटेलले भनिन्,’अब जेनजीको चाहनाको नयाँ सरकार बन्दैछ, प्रधानमन्त्री बालेन शाह दाई बन्दैछन्, म बालेन शाह दाईसंग आनुरोध गर्छु कि बलात्कारीलाई फाँसीको सजाय हुने कानुन् बनाइदिनु होला।झ

 

पटेलले कानुनमा बलात्कारीलाई फाँसी र मृत्युुदण्डको सजाय हुने व्यवस्था नभएकै कारण बलात्कारीहरुको मनोबल बढ्दै गएको उनले बताइन् ।

 

प्रदर्शनमा सहभागी वीरगन्ज स्कुल अफ लका क्याम्पस प्रमुख चन्द्रिका प्रसाद पटेलले निर्मला पन्त, इनिशाबिक जस्ता घटनाका कारणले छोरीचेलीहरुले ’हामीहरु कहिले सम्म बलात्कृत भइरहने ? झ प्रश्न गर्न थालेको बताए ।उनले इनिशा बिकका बलात्कारी र हत्यारालाई कारबाहीको माग गर्दै युवायुवतीहरु सडकमा उत्रिएको र त्यसमा आँफुहरुपनि सहभागी भएको बताए।

सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वन क्षेत्रमा इनिशा बिक मृत अवस्थामा फेला परेकी थिइन् । प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा बलात्कार भएको आशंका गरिएपछि पोस्टमार्टम गरिएको थियो । पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको उल्लेख भएपछि घटना झनै गम्भीर बनेको छ ।उक्त घटनाको विरोधमा देशैभर प्रदर्शन हुँदै आएको छ।

Related posts

पर्साको देउरवानामा २५ लाखको लागतमा धर्मशाला निर्माण हुदै

MadhesKhabar

उपकार सेवा नेपालद्वारा वीरगन्जका एक पुरुषलाई ह्वील चेयर सहयोग

MadhesKhabar

अब पनि नागरिकता विधेयक पास नभए आन्दोलन गर्ने सांसद यादवको चेतावनी

MadhesKhabar

Leave a Comment