Madhes Khabar
समाज हेडलाइन

मधेसको राजमार्गमा सार्वजनिक शौचालय नहुदाँ बसमा यात्रा गर्ने महिलाहरुलाई सास्ती

माधुरी महतो
वीरगन्ज,१८चैतःतराई मधेसका जिल्ला भएका पुर्व पश्चिम राजमार्ग अन्तर्गत यात्रा गर्दा खासगरी महिला यात्रीहरुलाई समस्या हुने गरेको छ । अन्यत्र यात्रा गर्दा बाटोमा सार्वजनिक शौचालय देखीएपनि पुर्वतिरका यात्रामा ठाँउठाँउमा सार्वजनिक शौचालयको व्यवस्था नहुँदा खासगरी महिला यात्रीहरुmलाई समस्या हुदैं आएको छ ।

सार्वजनिक शौचालय नभएकै कारण समस्या भईरहदा पनि सरकारले यसतर्फ ध्यान नदिएको महिलाहरुको गुनासो छ ।देशका अधिकांश जिल्ला तथा स्थान खुल्ला दिसामुक्त घोषणा गरीएपनि पुर्वतिरका राजमार्गमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणका साथै खासगरी महिला यात्रुहरु सास्ती भोग्न बाध्य छन् । यात्राकै क्रममा सार्वजनिक यातायातमा भेटिएकी सप्तरीकी सिता देवीले मधेसखबरसंग भनिन् ,‘ धेरै नै समस्या हुने गरेको छ नी हामी महिलाहरुलाई । बाटोमा महिलाहरुका लागि उपयुतm सार्वजनिक शौचालय छैन । अनि पिसाब लागिहाल्छ की भनेर कम पानी खाने गरेका छौँ यात्रा गर्दा ।

यात्रा गर्दा सार्वजनिक शौचालय नभेटेपछि होटेल छिर्नु बाहेक विकल्प नरहेको तर सबै होटलमा पनि शौचालयमा जान सक्ने अवस्था नहुँदा कतिपय बेला सडकको छेउको झाडीमा पुग्नुपर्ने , जंगलमा पुग्नुपर्ने बाध्यता रहेको गुनासो गर्छिन् प्रियंका थापा ।

पुर्वतिर जाने यात्रामा अधिकाशं स्थानमा सार्वजनिक शौचालयको आवश्यकता रहेको महिलाहरु बताउँछन् ।स्वच्छ खानेपानी र सरसफाइ संविधानको मौलिक अधिकार भित्र पर्छ तर हालसम्म कुनै पनि ठाउँमा सार्वजनिक शौचालय निर्माण हुन नसक्दा गर्भवती महिला , तथा किशोरी , वृद्धाहरुलाई सास्ती खेप्नुपरीरहेको भनाई छ सर्लाहीकी राधिका कुमारी कुश्वाहाको ।उनी थप्छिन् , यात्रा गर्दा त पानी नै खान्न म शौचालय जानुपर्यो भने काँहा जाने भनेर चिन्ता लागेर । तर हामी महिलाको लागि त धेरै बेर पिसाब रोक्नु पनि राम्रो त होईन तर लागिहाल्यो भने समस्या हुन्छ हामीलाई । जंगलको छेउमा जंगलि जनावरको डर मात्र होईन हामी महिलालाई त कसैले दुव्यर्वहार गर्लानु की भन्ने डर पनि हुन्छ । कम्तीमा शैचालय त हुनुपर्छ नी ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार शहरी क्षेत्रमा ३ सय मिटरको अन्तरालमा सार्वजानिक शौचालय हुनुपर्ने प्रावधान छ। नेपालका अधिकांश क्षेत्रमा यो प्रावधानको कार्यान्वयन त परै जावोस् दैनिक हजारौँ मानिस आउजाउ गर्ने अति व्यस्त राजमार्गका विभिन्न ठाउँमा सार्वजनिक शौचालय छैनन्।

सार्वजनिक शौचालय नहुँदा यात्रा गर्दा दिसा–पिसाबले च्यापेकाहरूले समयमा दिसा–पिसाब न त्याग्ने हो भने रोगको सङ्क्रमण समेत हुने चिकित्सकहरु बताउँछन्। त्यसकारण सरकार तथा सम्बन्धित निकायका जनप्रतीनीधीले सार्वजनिक शौचालय निर्माण तर्फ समयमै ध्यान दिन जरुरी रहेको महिला यात्रुहरुको आग्रह छ ।

 

Related posts

ठोरीको रेड हिल पार्कमा निर्मित स्काई वाक भ्यु टावरमा ६ हजार पर्यटकले गरे भ्रमण

MadhesKhabar

सबैठवामा महानगरले बनाउन लागेकाे ल्याब भवनकाे सांसद यादव र मेयर सिंहले गरे शिलान्यास

MadhesKhabar

अबपनि नसुध्रिए कांग्रेस र कम्युनिष्टहरु देशभरबाटै सकिन्छन् : सांसद अमरेश सिंह

MadhesKhabar

Leave a Comment