Madhes Khabar
स्वास्थ्य हेडलाइन

सबैठवामा महानगरले बनाउन लागेकाे ल्याब भवनकाे सांसद यादव र मेयर सिंहले गरे शिलान्यास

वीरगन्ज,२९माघ: वीरगन्ज महानगरपालिकाले वडा नंबर २३ सबैठवामा स्वास्थ्य प्रयोगशालाकाे निर्माण कार्य सुरु गरिएको छ ।

सामान्य स्वास्थ्य जाँचका लागि पनि मुख्य बजार धाइरहनुपर्ने बाध्यता हटाउन र नागरिकलाई गाउँघरमै सेवा प्रदान गर्न महानगरपालिकाले सबैठवामा साढे ६६ लाख रुपैयाँको लागतमा स्वास्थ्य प्रयोगशाला निर्माण गर्न लागेको हो ।

आगामी अषाढ मसान्तभित्रै निर्माण सम्पन्न गरिसक्ने गरि सुरु भएको प्रयोगशाला भवन निर्माण कार्यको सोमबार शिलान्यास गरिएको छ ।

भवनको पूर्व मन्त्री एवं पर्सा क्षेत्र नंबर १ का सांसद प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

स्वास्थ्य प्रयाेगशाला भवनको शिलान्यास गर्दै पूर्व मन्त्री यादवले महानगरको ग्रामीण क्षेत्रका नागरिकले अब घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण बन्न लागेको भन्दै खुशी व्यक्त गरे ।महानगरका मेयर सिंहले निर्धारित समयमै गुणस्तरीय काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिए ।

महानगरको ग्रामिण क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न आफुहरु लागिरहेको भन्दै उनले यसमा सबैको साथको आवश्यकता रहेको बताए।

मुल्य अभिवृद्धि करसमेत गरि ६६ लाख ५१ हजार ५ सय ३७ रुपैयाँकाे लागतमा निर्माण हुन लागेको स्वास्थ्य प्रशोगशाला भवनको स्यारन बिजी कन्सट्रक्सन प्रा.लि.ले ठेक्का सकार गरेको छ ।

Related posts

बारा–पर्साका उद्योगीहरु भन्छन् : बिजुलीको लाइन जोडिएन भने उद्योगहरु सधैंका लागि बन्द हुन्छन्

MadhesKhabar

रौतहट २ मा ढल्यो अफताब आलमको विरासत : स्वतन्त्र उम्मेदवार साह विजयी

MadhesKhabar

सडकमा जथाभावी फोहोर फाल्नेहरूबाट वीरगन्ज महानगरले उठायो साढे २१ लाख जरिवाना

MadhesKhabar

Leave a Comment