Madhes Khabar
पर्यटन हेडलाइन

ठोरीको रेड हिल पार्कमा निर्मित स्काई वाक भ्यु टावरमा ६ हजार पर्यटकले गरे भ्रमण

वीरगन्ज,३साउनः पर्साको ठोरी गाँउपालिका वडा नम्बर २ स्थित गोले डाँडाको रेड हिल पार्कमा स्काई वाक भ्यु टावर निर्माण गरि सञ्चालनमा ल्याएपछि त्यहाँ घुम्न आउने पर्यटकहरुको संख्या बढेको छ ।

रेड हिल पार्कमा ३१ लाख रुपैयाँको लागतमा स्काई वाक भ्यु टावर निर्माण गरि गत बैशाख दोस्रो सातादेखि सञ्चालनमा ल्याएको थियो । स्काई वाक भ्यु टावर सञ्चालनमा आएदेखि नै रेड हिल पार्कमा घुम्न आउने स्वदेशी र भारतीय पर्यकटहरुको संख्या बढेकोे निर्मल ठोरी उपभोक्ता समितीले जनाएको छ । उक्त स्काई वाक भ्यु टावरमा दैनिक ६० भन्दा बढी पर्यटकहरु भ्रमण गर्न आउने गरेका छन् । सञ्चालनमा आएको तीन महिनामै स्काई वाक भ्यु टावरमा टिकट काटेर २ लाख ५० हजार रुपैयाँ आम्दानी भएको समितिले जनाएको छ ।

सञ्चालनमा आएको तीन महिनामै स्काई वाक भ्यु टावरमा करीब ६ हजार जनाले टिकट काटेर भ्रमण गरेको निर्मल ठोरी उपभोक्ता समितिले जानकारी दिएको छ ।स्काई वाक भ्यु टावर निर्माण पछि गोले डाँडाको स्वरुप नै फेरिएको स्थानीय होटल तथा पर्यटन व्यवसायी सुदीप थापाले बताए ।

पछिल्लो समय ठोरीमा एकपछि अर्को गर्दै प्राकृतिक स्थानसंग जोडिएर पार्क निर्माण ,होटल,रिसोर्ट, क्याफे,भ्यु टावर लगायत सञ्चालनमा आउँदा ठोरीको पर्यटन क्षेत्रले फड्को मार्न थालेको ठोरी जंगल रिसोर्टका सञ्चालकसमेत रहेका थापाले बताए । अहिले हरेक दिन ३०० भन्दा बढी पर्यटक ठोरी घुम्न आउने गरेको उननले बताए ।

Related posts

वीरगन्जमा ठूलाे परिमाणमा चरेससहित ३ जना पक्राउ

MadhesKhabar

दोहोरो प्रेममा परेकी राधाले नै भारतीय सुटर बोलाएर रुपेशको हत्या गराएको पुष्टी

MadhesKhabar

वीरगन्जका निजी विद्यालयका लागि १० बुँदे निर्देशन जारी,पालना नगरे महानगरले लाइसेन्स नै रद्ध गर्ने

MadhesKhabar

Leave a Comment