Madhes Khabar
समाचार हेडलाइन

वीरगन्जमा ठूलाे परिमाणमा चरेससहित ३ जना पक्राउ

वीरगन्ज,२९कार्तिक :वीरगन्जमा प्रहरीले लागू ओैषध चरेस २२ किलो पाँच सय ग्रामसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराकाे सिम्रौनगढ नगरपालिका ४ हरिहरपुरका २९ वर्षीय मकसुद अन्सारी, २० वर्षीय रामलाल सहनी र भारतकाे मोतिहारी जिल्लाका २९ वर्षीय मुकेश कुमार रहेका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १५ स्थित भिस्वा होटल अगाडी ना१५प ११५६ नम्बरको मोटरसाइकललाई रोकेर जाँच गर्दा चरेस जस्तो देखिने पदार्थ फेला परेको पर्साका प्रहरी नायब दीपक भारतीले जानकारी दिए ।

उनीहरूको साथमा रहेको कालो झोला र सेतो प्लास्टिकको बोराबाट ४५ प्याकेट चरेश भेटिएको थियो । पक्राउ परेकाहरुमाथी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिए ।

Related posts

एमाले प्रतिनिधि छनोट : बारामा संस्थापन समूह हाबी, संस्थापन इतरका ६ जना मात्रै

MadhesKhabar

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२५ सुरु

MadhesKhabar

पहिलो ‘दिनेश गुप्ता प्रतिभा पुरस्कार’ लेखक सुभाष कुमार बैठालाई प्रदान गरिने

MadhesKhabar

Leave a Comment