Madhes Khabar
स्थानिय हेडलाइन

माइस्थान सडककाे मुद्दा : महानगरको पक्षमा अदालतकाे आदेश

मधेसखबर
वीरगन्ज,१८ माघ :वीरगन्जको माइस्थान मन्दिर अगाडीको बाटोका बारेमा परेको रिटमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले महानगरपालिकाको पक्षमा आदेश दिएको छ ।

न्यायाधिसद्वय अच्यूतप्राद भण्डारी र सुदर्शनदेव भण्डको इजलासले माइस्थान मन्दिर अघिको बाटो खुलाउन माग गर्दै परेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

महानगरले मन्दिर क्षेत्रमा गरेको सौन्दर्यकरणको विरोध गर्दै रेवती प्रसाद साहले वीरगन्ज महानगरपालिकालाई बिपक्षी बनाएर दिएको रिटमा अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

साहले गएको माघ १० गते निषेधाज्ञा आदेशको माग गर्दै उच्च अदालतमा रिट दायर गरेका थिए ।
दुबै पक्षको बहस पछि मंगलबार अदालतले महानगरको पक्षमा आदेश दिएको हो ।

वीरगन्ज महानगरपालिकाले माइस्थान मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्न सौन्दर्यकरणको काम गरिरहेको छ । महानगरले मन्दिर अगाडीको सडक तथा दायाँबायाँ सडकमा पेभर्स लगाउने काम सकाएको छ भने विद्युतीकरण र गार्डेनिङको काम अघि बढाउन लागेको छ ।
नगर सौन्दर्यको बिरोध गर्नेहरुले काम हुन नदिन षड्यन्त्र गरे पनि अदालतले महानगरको पक्षमा आदेश दिएसँगै उनीहरुको षड्यन्त्र तुहिएको मेयर राजेशमान सिंहले बबताए ।

Related posts

बारामा परालकाे ओछ्यानमा सुतेर चुनाव गराउदै कर्मचारी

MadhesKhabar

प्रदेशसभा सदस्य क्षेत्रीले १५४ जना किसानहरुलाई बाँडे स्प्रे ट्यांकी

MadhesKhabar

निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न

MadhesKhabar

Leave a Comment