Madhes Khabar
समाज

वीरगन्जमा इनोभेटिभ सोसाइटीले आयोजना गरेको कार्यक्रममा ५९ जनाले गरे रक्तदान

वीरगन्ज,२७बैशाखःवीरगन्जमा शनिबार नेपाल इनोभेटिभ सोसाइटी पर्साले आयोजना गरेको रक्तदान कार्यक्रममा ५९ जनाले रक्तदान गरेका छने ।गहवामाई मन्दिर अगाडिको पार्कमा आयोजित कार्यक्रममा ६ महिलासहित ५९ जनाले रक्तदान गरेका हुन् ।

रक्तदान गर्नेहरुमा अस्मिता थापा, पूजा खत्री, ईशा बराल, समिक्षा लिंका, शोभा बस्नेत,कमल चौगाईं लगायतका रहेको नेपााल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ताले जानकारी दिए ।

नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाईंको अध्यक्षता तथा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यतामा आयोजित रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल,कार्यक्रम संयोजक डा. प्रीति यादव , संस्थाका उपाध्यक्ष निर्मल खत्री, सदस्य हरि गुप्ता,लालबाबु चौधरी, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतान,मानव सेवा आश्रमका देवेश मानवसेवा वीरगन्ज रक्तसञ्चार केन्द्रका प्राविधिक प्रमुख सौरभराज पाण्डे, प्राविधिक जितेन्द्र कुशवाहा, मनिष गुप्ता लगायतकाकोपनि उपस्थिति थियो ।

Related posts

प्रहरी दिवसका अवसरमा पर्साका धार्मिकस्थलमा सरसफाइ

MadhesKhabar

आगलागीबाट पर्सामा ५ करोड ७२ लाख र बारामा ४ करोड १७ लाखको क्षति

MadhesKhabar

गरीबका लागि “भरपेट भोजनालय” निरन्तर सेवामा

MadhesKhabar

Leave a Comment