Madhes Khabar
समाज

पर्साकाे सिसियाडीमा विपन्न परिवारका २५० जनालाई कम्बल वितरण

वीरगन्ज,२४पुस:पर्साकाे बहुदरमाई नगरपालिका वडा नम्बर २ सिसियाडीमा विपन्न परिवारका २५० जनालाई कम्बल वितरण गरिएको छ।शीतलहरसंगै बढ्दो चिसोलाई मध्यनजर गरी बुधबार २५० जनालाई कम्बल वितरण गरिएको हाे ।

जिल्ला प्रशासन कार्यालय पर्सा,वीरगन्ज उद्योग वाणिज्य संघ र नेपाल रेडक्रस सोसाइटी पर्साको सहकार्यमा सिसियाडीमा विपन्न परिवारका बृद्ध-बृद्धा,महिला र पुरुषहरुलाई कम्बल वितरण गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।

 

कम्बल वितरण कार्यक्रममा पर्साका जिल्ला अधिकारी अर्याल,सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल,सानोदीप सामाजिक संस्थाका अध्यक्ष क्रिश पटेल लगायतकाको पनि उपस्थिती रहेको थियोे ।

Related posts

बारामा ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु

MadhesKhabar

घोडपसरा टोलमा सुशील कानुको घरदैलोले , शिक्षा–स्वास्थ्य र रोजगारी बने मुख्य मुद्दा

MadhesKhabar

लोकतन्त्र दिवसको उपलक्ष्यमा वीरगन्ज–१० मा आयोजित कार्यक्रममा ५२ जनाले गरे रक्तदान

MadhesKhabar

Leave a Comment