Madhes Khabar
समाज

रानीघाट दुर्गा पूजा सेवा समितिकाे कार्यक्रममा ९५ जनाद्वारा रक्तदान

मधेसखबर
वीरगन्ज ,०८ असाेज : वीरगन्जकाे रानीघाटमा दुर्गा पूजाकाे अवससमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

दुर्गा पूजा सेवा समितिले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा ९५ जनाले रगतदान गरेका छन् ।रगतदान गर्नेहरुमा राजु बस्नेत,दिपक सर्राफ,अनुज साह, मुकेश कुमार सिंह,अभिषेक गुप्ता,पन्नालाल पटेल , रमेश गुप्ता,जगत प्रसाद साह, लगायतका रहेकाे नेपाल रेडक्रस साेसाइटी पर्साका राजन श्रीवास्तवले जानकारी दिए।

विगत १८ वर्ष देखि हरेक दशैंका बेला रक्तदान कार्यक्रम आयाेजना गर्दै आएकाे रानीघाटकाे दुर्गा पूजा सेवा समितिले यश वर्ष पनि निरन्तरता दिदै रक्तदान कार्यक्रम गरेकाे समितिका प्रणय साहले बताए ।

Related posts

वीरगन्जमा आयाेजित आकस्मिक रक्तदान कार्यक्रममा ३० जनाद्वारा रगत दान

MadhesKhabar

जन सेवा परिवारको पहलमा चार जना विपन्नको निःशुल्क शल्यकृया

MadhesKhabar

वीरगन्जमा आयाेजित कार्यक्रममा ३२ जनाले गरे रगत दान

MadhesKhabar

Leave a Comment