वीरगन्ज,१२पुसःवीरगन्जमा शुक्रबार सिद्धार्थ बैंकले आयोजना गरेको रक्तदान कार्यक्रममा ६३ जनाले रक्तदान गरेका छन् । वीरगन्जस्थित सिद्धार्थ बैंकको शाखाले आफनो २२ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा २ जना महिलासहित ६३ जनाले रक्तदान गरेका हुन् ।
रक्तदान गर्नेहरुमा ईन्द्रदेव साह, दिपम गोयल, धना आले, शिवा सिंह, रितेश कुमार रमन, नीतेश खड्की, गोपीराम महतो लगायतका रहेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।
सिद्धार्थ बैंकका मधेस प्रदेश प्रमुख सुदिप ताम्रकारको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा बैंकका शाखा प्रमुख बाबुराम न्यौपाने, भरत पौडेल, मनमोहनलाल साह, रविन ढकाल,स्वेता मानन्धर लगायतकाकोपनि उपस्थिती रहेको थियो ।

