Madhes Khabar
समाज

वीरगन्जमा सिद्धार्थ बैंकको कार्यक्रममा ६३ जनाले गरे रक्तदान

वीरगन्ज,१२पुसःवीरगन्जमा शुक्रबार सिद्धार्थ बैंकले आयोजना गरेको रक्तदान कार्यक्रममा ६३ जनाले रक्तदान गरेका छन् । वीरगन्जस्थित सिद्धार्थ बैंकको शाखाले आफनो २२ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा २ जना महिलासहित ६३ जनाले रक्तदान गरेका हुन् ।

रक्तदान गर्नेहरुमा ईन्द्रदेव साह, दिपम गोयल, धना आले, शिवा सिंह, रितेश कुमार रमन, नीतेश खड्की, गोपीराम महतो लगायतका रहेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

सिद्धार्थ बैंकका मधेस प्रदेश प्रमुख सुदिप ताम्रकारको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा बैंकका शाखा प्रमुख बाबुराम न्यौपाने, भरत पौडेल, मनमोहनलाल साह, रविन ढकाल,स्वेता मानन्धर लगायतकाकोपनि उपस्थिती रहेको थियो ।

Related posts

अन्तर्राष्ट्रिय वन दिवसको अवसरमा पर्साको मसिहानीमा वृक्षारोपण

MadhesKhabar

वीरगन्जमा जनमत पार्टीले आयोजना गरेको आँखा शिविरबाट १४० जना लाभान्वित

MadhesKhabar

त्रिशुली घटनाका मृतकहरुप्रति श्रद्धाञ्जली अपर्ण गर्न वीरगन्जमा गरियाे दीप प्रज्वलन

MadhesKhabar

Leave a Comment