Madhes Khabar
समाज

वीरगन्जमा जनमत पार्टीले आयोजना गरेको आँखा शिविरबाट १४० जना लाभान्वित

वीरगन्ज,२१पुसःवीरगन्ज महानगरपालिका वडा नम्बर १६ ईनर्वामा जनमत पार्टी पर्साले आयोजना गरे निशुल्क आँखा शिविरबाट १ सय ४० जना लाभान्वित भएका छन् ।

इनर्वास्थित संसारीमाई धर्मशालामा आयोजित आँखा शिविरमा १ सय ४० जनाको आँखाको चेकजाँच गरिएकोमा तीमध्ये ३४ जनामा मोतियाबिन्दुको समस्या फेला परेको जनमत पार्टीका पर्सा अध्यक्ष ओमप्रकाश सर्राफले बताए ।

उनका अनुसार मोतियाबिन्दु देखिएकाहरुको वीरगन्ज सामुदायिक आँखा अस्पतालमा शनिबार निशुल्क शल्यक्रिया गरिनेछ । शिविरमा वीरगन्ज सामुदायिक आँखा अस्पतालका महेश सिंह धामी लगायतको टोलीले आँखाको चेकजाँच गरेको थियो ।

जनमत पार्टीले जिल्लाका गरिब तथा विपन्न नागरिकलाई मध्यनजगर गर्दै निःशुल् आँखा चेकजाँच अभियान सुरु गरेरएको बताए । ग्रामिण भेगका नागरिकहरु स्वस्थ्य सेवाको पहुँचमा आउनबाट वञ्चित हुने तथा उनीहरुमा सूचनाको अभाव समेत रहने भएकाले अभियान नै चलाएर चेकजाँच सुरु गरिएको उनले जनाए ।उनका अनुसार यो अभियान निरन्तर चल्नेछ ।

आइतबारको शिविरमा जनमत पार्टीका केन्द्रिय सदस्यहरु बिद्यालाल प्रसाद, रम्भा मिश्रा, नेताहरू सुजित चौरसिया, बृजकिसोर कलवार,राजनरायण मिश्रा,नरेश राम,सत्युग साह,सिकेन्द्र राम, संजय सिह,निकेश महतो ,लोकेश कर्ण ,तुलसी राम लगायतकाकोपनि सहभागीता रहेको थियो ।

Related posts

वीरगंजमा बलात्कार विरुद्धको सचेतना कार्यक्रम तथा वृतचित्र प्रदर्शन

MadhesKhabar

अनैतिक कृयाकलाप गरेको फेला परे पछि भिनाजुले गरे सालोको हत्या

MadhesKhabar

वीरगन्जका चाेक चाेकमा जनमत पार्टीका युवाहरुले आगाे ताप्ने व्यवस्था मिलाए

MadhesKhabar

Leave a Comment