Madhes Khabar
समाज हेडलाइन

उपकार सेवा नेपालको सामाजिक सेवा : ४६५ विधार्थीलाई स्वीटर वितरण

मधेसखबर
वीरगन्ज ,१३ मंसिर : उपकार सेवा नेपाल नामक संस्थाले वीरगन्जको एक सामुदायिक विधालयमा विधार्थीहरुलाई स्बिटर बितरण गरेको छ ।बीरगंज महानगरपालिका वडा नम्बर ३२ मा रहेका मनमिश्रा आधारभुत बिद्यालयका चार सय ६५ जना छात्रछात्राहरुलाई न्यानो स्बिटर बितरण गरिएकोे हो ।

जाडोमा कोहि पनि बालबालिकालाई चिसोका कारण समस्या नहोस भन्ने उद्येश्यले स्वीटर वितरण गरिएको संस्थाका केन्द्रिय सदस्य सज्जन अग्रवालले बताए ।अग्रवालले अगामी दिनमा अपाङगता भएका व्याक्तिहरुलाई व्हील चेयल बितरण गर्ने कार्यक्रम पनि रहेको बताए ।

उपकार सेवा नेपाल संस्थाकी केन्द्रिय अध्यक्ष बिद्यादेबी सरावगीको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थाकी सदस्य सुमन बगरिया, बिद्यालयका प्रधानाध्यापक राजाराम साह, बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारी, शिक्षक शिक्षिका, अभिभावक लगायतको उपस्थिती रहेको थियो ।

Related posts

सिके राउत सरकारमा सहभागी हुने, मधेसमा कांग्रेसलाई सघाउने

MadhesKhabar

ठोरीको शीकारीवासमा ६ महिना पछि बिजुली बल्ने

MadhesKhabar

वीरगन्जकाे गहवामाई रथ यात्रामा उर्लियाे हिन्दु जनसागर

MadhesKhabar

Leave a Comment