वीरगन्ज,२७ साउनःअन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बाराको फेटा गाउँपालिका वडा नम्बर ३ फेटाबजारमा आयोजित रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् ।
फेटा बजारमा बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको रक्तदान कार्यक्रममा २ जना महिलासहित २६ जनाले रक्तदान गरेका हुन् । रक्तदान गर्नेहरुमा प्रभु महतो,नाजिर हुसेन अन्सारी, लालसा कुमारी , सोनामति देवी, विजय ठाकुर, राकेश कुमार साह,गम्भीरा साह लगायतका रहेका छन् ।
रास्वपाका नेता प्रभु महत्तोको अध्यक्षतामा रक्तदान कार्यक्रम आयोजना गरिएको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

