
मधेसखबर
वीरगन्ज,२५ भदौं : वीरगन्जमा शनिबार दुइ छुट्टा छुटटै संस्थाले आयोजना गरेको कार्यक्रममा १०३ जनाले रगत दान गरेका छन् ।
एन प्याब्सन वीरगन्ज महानगगर कार्य समितिले घडीअर्वा पोखरी परिसरमा आयोजना गरेको कार्यक्रममा १५ महिला सहित ८२ जनाले रक्तदान गरेका छन् ।
रक्तदान गर्नेहरुमा नितेश कुमार , सागर पटेल , सुमित पटेल , लक्ष्मण यादव , अमित कुशवाहा , दिलीप प्रसाद, डाक्टर रिचा चौहान , प्रिति कुमारी , नितु दुबे लगायतका रहेको एन प्याब्सन पर्साका अध्यक्ष राम श्रेष्ठले जानकारी दिए ।
शनिबार नै वीरगन्जमा नेपाल मानव धर्म सेवा समितिले आयोजना गरेको कार्यक्रममा भने ६ महिला सहित २१ ज्नाले रगतदान गरेका छन् । उक्त कार्यक्रममा रगत दान गर्नेहरुमा अजित शर्मा , नरेश प्रसाद महत्तो , राजु सर्राफ , आकाश पटेल , लालु महत्तो , कृष्ण चौधरी , रश्मी श्रेष्ठ , शीला कुमारी लगायतका रहेको रक्त सन्चार केन्द्र वीरगन्जकी प्राविधिक डिल्ली माया घिमिरेले जानकारी दिइन् ।

