Madhes Khabar
समाज

वीरगन्जमा छुट्टा छुटटै आयोजित कार्यक्रममा १०३ जनाद्धारा रक्तदान

मधेसखबर
वीरगन्ज,२५ भदौं : वीरगन्जमा शनिबार दुइ छुट्टा छुटटै संस्थाले आयोजना गरेको कार्यक्रममा १०३ जनाले रगत दान गरेका छन् ।

एन प्याब्सन वीरगन्ज महानगगर कार्य समितिले घडीअर्वा पोखरी परिसरमा आयोजना गरेको कार्यक्रममा १५ महिला सहित ८२ जनाले रक्तदान गरेका छन् ।

रक्तदान गर्नेहरुमा नितेश कुमार , सागर पटेल , सुमित पटेल , लक्ष्मण यादव , अमित कुशवाहा , दिलीप प्रसाद, डाक्टर रिचा चौहान , प्रिति कुमारी , नितु दुबे लगायतका रहेको एन प्याब्सन पर्साका अध्यक्ष राम श्रेष्ठले जानकारी दिए ।

शनिबार नै वीरगन्जमा नेपाल मानव धर्म सेवा समितिले आयोजना गरेको कार्यक्रममा भने ६ महिला सहित २१ ज्नाले रगतदान गरेका छन् । उक्त कार्यक्रममा रगत दान गर्नेहरुमा अजित शर्मा , नरेश प्रसाद महत्तो , राजु सर्राफ , आकाश पटेल , लालु महत्तो , कृष्ण चौधरी , रश्मी श्रेष्ठ , शीला कुमारी लगायतका रहेको रक्त सन्चार केन्द्र वीरगन्जकी प्राविधिक डिल्ली माया घिमिरेले जानकारी दिइन् ।

 

 

Related posts

पर्साकाे बैरियामा आगलागी पिडित परिवारलाई खाद्यान्न सामग्री सहयाेग

MadhesKhabar

वीरगन्जको पिपरामा ग्यालेक्सी युथ क्लबको कार्यक्रममा ३७ जनाले गरे रक्तदान

MadhesKhabar

अपाङ्गता भएका बालबालिकालाई मेयर सिंहले प्रदान गरे शैक्षिक सहयोग

MadhesKhabar

Leave a Comment