Madhes Khabar
समाज

वीरगन्जमा नेविसंघले आयोजना गरेको कार्यक्रममा ५१ जनाले गरे रक्तदान

वीरगन्ज,२४फाल्गुनःवीरगन्जमा नेपाल विद्यार्थी संघले आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ जनाले रगत दान गरेका छन् ।वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा बिहीबार आयोजित रत्तःदान कार्यक्रममा महिला र पुरुष गरी ५१ जनाले रगत दान गरेको नेविवसंघका केन्द्रिय सदस्य मूनराज तिवारीले जानकारी दिए ।

रगत दान गर्नेहरुमा राजकुमार यादव, इम्तियाज हुसेन, गुड्डु पटेल, राहुल पटेल, जितन यादव, अमित पटेल,मधु रानामगर, खुशीकुमारी साह, नागज्योति चौधरी, दिपेश कुमार यादव, पिन्टु बैठा, उवाइं मन्सुरी,रितेश पटेल, रितेश थारु ,सुन्धु यादव,पंकज पटेल, सुरज सरम , तबरेज आलम,इरफान हुसेन, सुमित कुमार पटेल,सोनु कुमार प्रजापति लगायतका रहेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

वीरगन्जको रक्त सञ्चार केन्द्रमा पछिल्लो केहिदिन यता रगतको जगेडामा कमी हुन गई बिरामीको उपचारमा समस्या भएपछि त्यसैलाई मध्नजर गरि रक्तदान कार्यक्रमको आयोजना गरिएको नेविसंघका केन्द्रिय सदस्य तिवारीले बताए ।

तिवारीकै अध्यक्षता तथा नेपाली कांग्रेसका क्षेत्रीय सभापति अरबिन्द गुप्ताको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा कांग्रेसका युवानेता बैकुण्ठ श्रीवास्तव,कांग्रेसका वीरगन्ज महानगर सभापति मणिन्द्रलाल नेपाली, क्याम्पस प्रमुख रन्जित प्रसाद यादव, कन्हैया झा,गीता श्रेष्ठ ,बद्री नारायण तिवारी , मनोहर साह ,उमेश पटेल सुरेन्द्र प्रजापति लगायतकोपनि उपस्थिति थियोे ।

Related posts

तरुण दलकाे स्थापना दिवसमा कलैया अस्पतालका बिरामीहरुलाई फलफूल वितरण

MadhesKhabar

वीरगंज १९ विन्दवासिनी टोलमा निर्माण हुन लागेको सडक क्षेत्रको जग्गा छुट्याउने काम सकियो

MadhesKhabar

सबैजना हाेलीमा रमाइरहेका बेला अस्पतालमै पुगेर दुई बिरामीलाई आर्थिक सहयोग

MadhesKhabar

Leave a Comment