Madhes Khabar
समाज

जगरनाथपुरमा बिपन्न परिवारकी युवतीको विहेका लागि समाजसेवी चौधरीले गरे सहयोग

वीरगन्ज,१वैशाखःपर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ मा आर्थिक रुपमा बिपन्न परिवारकी एक युवतीको विवाहमा मदतका लागि सामाजसेवी बृजेश्वर प्रसाद चौधरीले खाद्यान्न सामग्री सहयोग गरेका छन् ।

रास्वपाका नेतासमेत रहेका चौधरीलेयसै साता विवाह हुन लागेकी युवतीको परिवारलाई विवाहमा आवश्यक पर्ने खाद्यान्न सामग्री सहयोग गरेका हुन् । रास्वपाका युवा नेता सन्तोष कुमारले ती युवतीको परिवारको आर्थिक अवस्था कमजोर रहेका कारण विवाहमा समस्या परेको जानकारी चौधरीलाई गराएका थिए ।

त्यसपछि समाजसेवी चौधरीले मंगलबार ती युवतीको घरमै पुगेर २ बोरा चामल, १ बोरा आलु, १ प्याकेट प्याज लगायतका खाद्यान्न सामग्री प्रदान गरेको सन्तोष कुमारले जानकारी दिए ।

 

Related posts

छोराको जन्मदिन दलित वस्तीमा मनाउदै साहले मुसहरलाइ कम्बल बाँडे

MadhesKhabar

पढाइपछि जागीर खोजेनन्, सीपमै आत्मनिर्भर बने : पर्साको धोरेका दीपकको प्रेरणादायी कथा……

MadhesKhabar

समाजमा सद्भाव बिथोल्न खोज्ने जुनसुकै धर्मको भएपनि कारबाही हुनैपर्छ : सांसद यादव

MadhesKhabar

Leave a Comment