Madhes Khabar
समाज हेडलाइन

छोराको जन्मदिन दलित वस्तीमा मनाउदै साहले मुसहरलाइ कम्बल बाँडे

मधेसखबर
वीरगन्ज,०६माघ :पर्साको जिराभवानी गाँउपालिका वडा नम्बर २ सेढवामा एक समाजसेवीले आफनो छोराको जन्मदिनको उपलक्ष्यमा दलितवस्तीमा एक सय थान कम्बल वितरण गरेका छन् ।

वडा नम्बर २ का समाजसेवी परशुराम साहले आफना छोरा संतोष कुमार साहको शुक्रबार परेको जन्मदिनको उपलक्ष्यमा तामझाम र भोजभतेरमा खर्च नगरि सेढवामै रहेको दलित बस्तीमा एक सय जना मुसहरहरुलाई १÷१ थान गरि १ सय थान कम्बल वितरण गरेका हुन् ।

जन्मदिनमा होटल तथा रेस्टुरेण्ट तामझाम सहितको भोजभतेर गरेर अनावश्यक खर्च गर्नु भन्दा विपन्न तथा असहायहरुको लागि समाज सेवा गर्दा पुण्य मिल्नुका साथै आत्मसन्तुष्टि पनि मिल्ने भएकाले आफुले भोजभतेर नगरि दलितवस्तीमा कम्बल वितरण गरेको उनले बताए ।

साहले भने ,‘ जाडो याममा दलित एंव विपन्न वस्तीमा न्यानो लुगाकपडाको कमीले समस्या भइरहन्छ , यो मलाइ पनि थाहा थियो , त्यसैले छोराको जन्मदिनमा मैले तडकभडक र भोजभतेर गरिन , बरु त्यसमा लाग्ने रकमले कम्बल किनेर दलितवस्तीमा बाँडेको हु ।

कठ्याङग्रस्दो जाडोमा न्यानो कम्बल पाउदा दलित वस्तीहरु मुसहरहरुको मुहारमा देखिएको खुशीले आफुलाई निक्कै आत्मसन्तुष्टि मिलेको पनि उनले बताए । उनले आगामी दिनमा पनि विपन्न र दिनदुखीहरुको लागि यस्ता समाजसेवालाई निरन्तरता दिने पनि बताए ।छोराको जन्मदिन मनाउन दलितवस्तीमा पुगेका साहलाई मुसहरहरुले फुलमाला लगाएर स्वागत पनि गरेका थिए ।

कम्बल वितरणका बेला सहभागी स्थानीय शैलेश गूप्ताले साहको यस्तो समाजसेवा र परोपकारी कार्यको अरुले पनि अनुकरण गर्नु पर्ने बताए । उनले भने ,‘ जन्मदिन, बैवाहिक वर्ष गाँठ जस्ता उत्सवमा तामझाम र भोजभतेरमा फजुल खर्च गर्नु भन्दा साहको जस्तो समाजसेवा र परोपकारी कामको सिको अरुले पनि गर्नु पर्छ ।

Related posts

हिंसा भड्किए पछि महोत्तरीको भंगहामा अनिश्चितकालीन कर्फ्यू

MadhesKhabar

मधेसका सरकारी विद्यालयकाे खुल्याे पाेल : छात्रवृत्ति र खाजाकाे रकम कुम्ल्याउन निजी स्कूलका विद्यार्थी भर्ना

MadhesKhabar

संघ सरकारले दिने बजेटमा वीरगन्ज महानगरसंग विभेद नगरिदिन मेयर सिंहको आग्रह

MadhesKhabar

Leave a Comment