Madhes Khabar
समाज

समाजमा सद्भाव बिथोल्न खोज्ने जुनसुकै धर्मको भएपनि कारबाही हुनैपर्छ : सांसद यादव

वीरगन्ज,८असोज : जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले धर्मको नाममा समाजमा द्वन्द्व फैलाउनेलाई कानूनी कारबाहीको दायरमा ल्याउन सरकारसंग माग गरेका छन् ।

सोमबार वीरगन्जमा निकालिएको ‘सद्भाव रयाली’ पछि आयोजित कोणसभामा बोल्दै पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य समेत रहेका यादवले भने,‘ धर्मको नाममा समाजमा द्वन्द्व फैलाउन खोज्ने , सामुदायिक सद्भाव बिथोल्न खोज्ने , उच्छृंखल गतिविधी गर्ने जुन सुकै धर्मको व्याक्ति भएपनि उसलाई प्रहरी प्रशासनले कानूनी दायरामा ल्याएर कारबाही गर्नैपर्छ ।

यादवले धर्मको नाममा समाजमा भाइचारा बिथोल्न खोज्नेहरुबाट सचेत रहन वीरगन्जवासीलाई आग्रहपनि गरे । सामाजिक सद्भावलाई कायम गरेर समाजमा विद्रोह हुनबाट बचाउनुपर्नेमा उनले जोडदिए । सदियौदेखि कायम धार्मिक सहिष्णुतालाई बिथोल्ने , धर्मको नाममा समाजलाई भाँड्ने काम नगर्न उनले सुझावपनि दिए । उनले भने,‘ मपनि यहिु वीरगन्जकै जनताको मतबाट दुई पटक सांसदमा निर्वाचित भए । कहिल्यैपनि धार्मिक विभेद भएको थिएन । तर पछिल्लो समयमा भने जुलुश निकालेर , प्रदर्शन गरेर , समाजिक सञ्जालमार्फत लेखेर उच्छृंख गतिविधि भइरहेका छन् । यो दुखद हो ।

नेकपा एमाले पर्साका संयोजक डाक्टर बिशम्भर शर्माले आपसी भाइचारा बिथोल्ने गरी बढ्दै गएका गतिविधिप्रति चिन्ता व्यक्त गरे ।समुदायलाई उक्साहटमा ल्याएर सद्भाव बिगार्ने र शान्ती प्रक्रियामा खलल गर्नेहरुलाई कानुनको दायराभित्र ल्याई कारबाही गर्न उनले ध्यानाकर्षण पनि गराए ।

त्यसअघि निकालिएको सदभाव रयालीपछि जिल्ला प्रशासन कार्यालयमा पुगेर वीरगन्जका मेयर राजेशमान सिंहले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साललाई ज्ञापन पत्र पनि बुझाएका थिए । ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले धर्म निरपेक्ष राष्ट्रमा कसैले पनि कसैलाई जबरजस्ती गर्न नहुने बताउँदै सद्भाव बिगार्ने तत्वलाई कारवाही गर्नुपर्ने जिकिर गरे । साथै उनले गृहमन्त्रालयमा विज्ञप्ती पठाएर सुरक्षा निकायलाई परिपत्र गर्ने आश्वासन पनि दिए ।

Related posts

वीरगन्जमा प्रदीप खण्डेलवाल मेमोरियल ट्रष्टकाे कार्यक्रममा ६९ जना गरे रक्तदान

MadhesKhabar

वीरगन्जको रामगढवामा पुर्वमन्त्री चौरिसयाले उद्घाटन गरेको कार्यक्रममा ८१ जनाले गरे रक्तदान

MadhesKhabar

वीरगन्जमा प्रेस सेन्टरकाे कार्यक्रममा ५५ जनाद्वारा रक्तदान

MadhesKhabar

Leave a Comment