Madhes Khabar
समाज

वीरगन्जका दुई सामुदायिक विद्यालयमा विद्यार्थीहरुलाई ज्याकेट र जुत्ता वितरण

मधेसखबर
वीरगन्ज ,१०माघ : वीरगन्जका दुई सामुदायिक विद्यालयमा मंगलबार विद्यार्थीहरुलाई ज्याकेट र जुत्ता वितरण गरिएकाे छ ।

सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलको सहयोगमा जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला बिपत ब्यवस्थापन समितिले वीरगन्जको नगवाकाे नेपाल राष्ट्रीय माध्यमिक विद्यालय र जेपी चतुर्वेदी आधारभुत विद्यालयमा अध्ययनरत विपन्न वर्गका १३७ जना विद्यार्थीहरुलाई १/१ थान ज्याकेट र १/१ जाेर जुत्ता वितरण गरेकाे हाे ।

मंगलबार दुवै विद्यालयका विद्यार्थीहरुलाई वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्लले ज्याकेट र जुत्ता प्रदान गरे ।सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका उपाध्यक्ष सन्जु दहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका सल्लाहकार श्याम केसी, सचिव श्रवण रायमाझी , भवानी घिमिरे, सम्झना मल्ल ,जेपी चतुर्वेदी,जेपी चतुर्वेदी आधारभुत विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद सिंह , नेपाल राष्ट्रीय मावि नगवाका सहायक प्रधानाध्यापक अजय कुमार साह , रेणु श्रेष्ठ, नसिमा खातुन, शोभा तिवारी , ममता अर्याल, प्रहरी जवान कुमार विक लगायतको
सहभागिता रहेको थियोे ।

Related posts

नारायणी अस्पतालमा लायन्स क्लबले १६० जना बिरामीहरुलाई बाँड्यो कम्बल

MadhesKhabar

महोत्तरीकी ‘कुमारी आमा’ निहारिका न्याय माग्दै काठमाण्डौको सडकमा आमरण अनशनमा

MadhesKhabar

वीरगन्जमा आयाोजित कार्यक्रममा ४७ जनाले गरे रक्तदान

MadhesKhabar

Leave a Comment