Madhes Khabar
समाज

वीरगन्जमा आयाोजित कार्यक्रममा ४७ जनाले गरे रक्तदान

वीरगन्ज,१४असोजःवीरगन्जमा सोमबार नेपाल पशुपंक्षी औषधि बजार प्रतिनिधी संघ वीरगन्ज शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा ४७ जनाले रगत दान गरेका छन् । संघको ९ औं स्थापना दिवसको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा २ महिलासहित ४७ जनाले रगत दान गरेका हुन् ।

वीरगन्जको घण्टाघर चोकमा आयोजित रक्तदान कार्यक्रममा ओम प्रकाश साह, अभिषेक कुमार, करण साह, महम्मद समीर अअन्सारी,उमेश मानन्धर, अनिल कुमार पटेल, अशोक राम,तोयलाल राउत,रामएकबाल गुप्ता, दिनानाथ साह,बिक्रम साह ,सन्दीप पटेल लगायतकाले रगत दान गरेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

संघका वीरगन्ज शाखा अध्यक्ष अनिलकुमार पटेलको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति वीरेन्द्रराज कंडेलको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष तुल्सी भण्डारी। संघको वीरगन्ज शाखाका पूर्वअध्यक्ष अभिमन्यु प्रसाद सिंह, उपाध्यक्ष ओमप्रकाश साह, सचिव शुभनारायण रौनियार,कोषाध्यक्ष निरन्जन यादव,सहसचिव राजनारायण मण्डल,सदस्यहरु प्रवीण शर्मा, प्रभाकर प्रजापति,नितेश पटेल लगायतकोपनि सहहभागीता थियो ।

 

Related posts

पर्साका ४०० दलित बालबालिकालाई अमेरिकामा बस्ने नेपाली दम्पतीले दिए विद्यालय पाेशाक

MadhesKhabar

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्धारा निशुल्क आँखा शिविर र रक्तदान कार्यक्रम सम्पन्न

MadhesKhabar

मेयरमा राजेशमान सिंह जितेको खुशीयालीमा १ सय २६ जनद्धारा रक्तदान

MadhesKhabar

Leave a Comment