Madhes Khabar
समाज

त्रिशुली घटनाका मृतकहरुप्रति श्रद्धाञ्जली अपर्ण गर्न वीरगन्जमा गरियाे दीप प्रज्वलन

वीरगन्ज,१साउन:चितवनकाे सिमलतालस्थित त्रिशुली नदीमा गत शुक्रबार बस खसेर मृत्युु भएकाहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्न र घाइतेहरुकाे स्वास्थ्य लाभकाे कामना गर्दै वीरगन्जमा मंगलबार दीप प्रज्वलन गरिएको छ।

नेपाल विद्यार्थी संघ पर्साले माईस्थानस्थित गहवामाई मन्दिर अगाडि मंगलबार साँझ दीप प्रज्वलन गरेकाे हाे ।

नेविसंघ पर्साका सभापति रमेश यादवकाे अध्यक्षता तथा कांग्रेस पर्मासाका उपसभापति रामनारायण कुर्मीकाे प्रमुख आतिथ्यतामा भएकाे दीप प्रज्वलन कार्यक्रममा वीरगन्ज महानगरपालिकाकी पूर्वउपमेयर शान्ति कार्की,कांग्रेस महाधिवेशन प्रतिनिधि मिन्टु सिंह, मनोजा चौधरी, सन्तोष सिंह,वडाध्यक्ष हिराकाजी महर्जन, कांग्रेसका युवा नेताहरु मनोहर साह,दिलीपराज कार्की,सरोज चौरसिया,बाबुनन्द पटेल,नेपाल मुस्लिम संघका केन्द्रिय सदस्य साविर हुसैन,ओबीसी पर्साका अध्यक्ष देवनाथ महतो, नेपाल विद्यार्थी संघका जिल्ला मिलन यादव, राहुल पटेल, प्रकाश रौनियार,सुधांशु चाैरसिया लगायतको पनि सहभागिता थियाे ।

Related posts

समाज सेवामा रुंगटा वेल फेयर सोसाइटी : छठमा गरिब विपन्न महिलाहरुलाई साडी वितरण

MadhesKhabar

गृहमन्त्री सुधन गुरुङसँग वार्ता गर्न भन्दै गरिमाका आमा–बुवालाई लगियो काठमाडौं

MadhesKhabar

जगरनाथपुरको बहुअरीमा धर्मशाला भवनको शिलन्याश

MadhesKhabar

Leave a Comment