
मधेसखबर
वीरगन्ज,११ असार : पर्साको जगरनाथपुर गाउँपालिकाको वडा नम्बर ६ बहुअरी गाँउमा सुविधासम्पन्न धर्मशाला निर्माण गर्न थालिएको छ ।
बहुअरीमा गाँउपालिकाको २५ लाख रुपैयाको लागतममा धर्मशाला निर्माण गर्न थालिएकाो हो । शनिबाार उक्त धर्मशाला भवनको शिलन्याश गरिएको छ । वडा नम्बर ६ का वडाअध्यक्ष अयोध्या प्रसाद कुर्मीले हिन्दु रितिरिवाज अनुसाार पूजापााठ गरेर धर्मशाला भवनको शिलन्याश गरेका हुन् ।
चालु आर्थिक वर्षको योजना अन्तर्गत गाँउलेले गरेको माग अनुसार २५५ लाख रुपैयाको लागतमा उपभोक्ता समिति मार्फत धर्मशाला भवन निर्माण गर्न लागिएको वडाअध्यक्ष कुर्मीले बताए ।बहुअरी गाँउमा धर्मशाला निर्माण भएपछि गाँउका स्थानीयवासीलाइ विवाह,ब्रतबन्ध लगायतका उत्सव आयोजना गर्न सहज हुने पनि उनले वताए ।

