वीरगन्ज, २ भदौं :पूर्व उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री रमेश रिजालले वीरगन्जस्थित मानव सेवा आश्रमका लागि आफ्नो तर्फ सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
सोमबार बिहान वीरगन्जस्थित आश्रममा पुगेका पर्सा क्षेत्र नम्बर ४ का सांसद समेत रहेका रिजालले आश्रमको अवलोकनपछि त्यहाँ रहेका आश्रीतहरुको भोजनमा योगदानपनि गरे । अवलोकनका क्रममा मन्त्री रिजाललाई आश्रमका संस्थापक देवेश गुप्ता र आश्रमका अभिभावक प्रकाश थारुले आश्रममा राखिएका आश्रीतहरुको अवस्था, आश्रमका समस्या लगायतका बारेमा जानकारी गराएका थिए ।
त्यसअवसरमा नेपाली कांग्रेस पर्साका कोषाध्यक्ष प्रेम थापा,वीरगन्ज जेसीजका अध्यक्ष सरोज चौरसिया लगायतकाकोपनि सहभागिता थियो ।पूर्वमन्त्री रिजालले आँफु मन्त्री हुदाँका बखत मानव सेवा आश्रम वीरगन्ज शाखालाई विभिन्न दाताको सहयोगमा एउटा पिकअप गाडी उपलब्ध गराएका थिए ।

