वीरगन्ज,१५असारःवीरगन्जमा शनिबार बृहस्पति फाउण्डेशन नेपालले आयोजना गरेको रक्तदान कार्यक्रममा ४ महिलासहित २९ जनाले रगत दान गरेका छन् । वीरगन्ज–६ माईस्थान अतिथी सदनमा आयोजित रक्तदान कार्यक्रममा दीपक साह, बाबुनन्द पटेल लगायतकाले रगत दान गरेको रक्त सञ्चार केन्द्र वीरगन्जकाा प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।
फाउण्डेशनका अध्यक्ष ज्योतितष सम्राट पुरुषोत्तम दुबेको अध्यक्षता तथा प्रदेशका पूर्वमन्त्री ओमप्रकाश शर्माको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा नेपाल महिला संघकी केन्द्रिय सदस्य डा. सुष्मा तिवारी , नेपाली काँग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी,जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्रााफ, वीरगन्ज महानगरपालीका पूर्व उपमेयर शान्ति कार्की, नारायणाी अस्पतालका वरिष्ठ चिकित्सक डा.नीरज सिंह ,नेबिसंघ पर्साका सभापति रमेश यादव,वीरगन्ज युवा समाजका कमल चौलागाईं,महिला समाज सेवी मिन्टु सिंह लगायतकोपनि उपस्थिति रहेको थियो ।

